बिहिबार, ११ सेप्टेम्बर २०२५

किराँत समुदायले आज उभौली पर्व मनाइँदै

उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली सिमानामा रहेका ‘अवैध’ इस्लामिक संरचनाहरू भत्काइयो

खासगरी सिमानामा रहेका मदरसा, मस्जिद, मजारा तथा ईदगाहहरू पत्ता लगाएर स्थानीय प्रशासनले कारबाही गरेको हो। मुख्यमन्त्री योगी आदित्यनाथको आदेशमा ती संरचनाहरू भत्काइएको र बाँकी त्यस्ता अवैध संरचनाहरूको पनि खोजी भइरहेको प्रशासनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युक्रेन पनि तयार भयो रुससँग वार्ता गर्न, इस्तानबुलमा भेटिएला युद्ध अन्त्यको बाटो?

‘वार्तामा बसेपछि कम्तीमा सम्झौता हुन सक्छ कि सक्दैन भन्ने कुराको निर्क्योल हुनसक्छ। सम्झौता हुनै सकेन भने पनि कम्तीमा युरोपेली नेताहरू र अमेरिकालाई कुन कुन विषयवस्तु कहाँ कहाँ छन् भन्ने प्रस्ट हुनेछ’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए ‘त्यसैले तत्काल, अहिले नै वार्ता गरिहाल…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बुद्ध जयन्ती विद्रोह र क्रान्तिको प्रेरणादायी क्षण हो : प्रचण्ड

‘बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि हो। करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैंगिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारत पाकिस्तान वार्ता : दुबै देशका सैन्य अधिकारीले नेतृत्व गर्ने

वार्तामा दुई देशका मात्रै प्रतिनिधिहरू हुनेछन्। दुबै देशले अन्य तेस्रो देशको मध्यस्थतालाई अस्वीकार गरिसकेका छन्।  यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रातभरि दुबै देशका प्रधानमन्त्रीहरूसँग फोनवार्ता गरेर युद्धबिरामको सहमति भएको थियो।  यो पहिलो चरणको वार्ताको नेतृत्व दुबै देशका सैन्य अपरेशन महानिर्देशकहरूले गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अमेरिका-चीनबीच ब्यापार सम्झौता

दोस्रोपटक राष्ट्रपति भएसँगै भन्सार कर नीतिमा डोनाल्ड ट्रम्प निकै कडारुपमा प्रस्तुत हुँदै आएका थिए। उनी सबैभन्दा चीनप्रति नै आक्रामक देखिए। चिनियाँ वस्तुमाथि उनले १४५ प्रतिशतसम्म कर लगाइदिएका थिए। त्यस्तै चीनले पनि अमेरिकी सामग्रीमाथि १२५ प्रतिशत कर पुर्‍याइदिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विश्व पौडेलले समितिबाट राजीनामा दिए, गभर्नर नियक्तिको तयारी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्।  पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एक्समा ‘सेक्स क्लिप’ बेचेर मासिक ९० हजार थाई भाट कमाउँथिन् १९ वर्षीया युवती

थाइल्याण्डको प्रहरीले सामाजिक सञ्जालमा यौन भिडियोहरू उत्पादन र बिक्री गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ परेकी १९ वर्षीया युवतीले थाइ प्रहरीलाई आफूले सदस्यता शुल्कबाट प्रति महिना ७० हजारदेखि ९० हजार भाटसम्म कमाएको बयान दिएकी छन्। साइबर अपराध अनुसन्धान ब्यूरो (सीसीआईबी) का अधिकारीहरूले नोन्थाबुरीमा छापा मार्ने क्रममा कानफरावीलाई पक्राउ गरेको बिहीबार जानकारी गराएको छ। ‘जिन्जिया’ नामक एउटा एक्स (पहिले ट्विटर) प्रयोगकर्ताले अनलाइनमा अश्लील भिडियोहरू पोस्ट गरेकोमा अनुसन्धानपछि प्रहरीले कानफरावीको खोजी तिव्र पारेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

ट्रम्पले भने ‘भारत र पाकिस्तानप्रति मलाई गर्व छ…’

ट्रम्पले आफ्नै मध्यस्थतामा भारत-पाकिस्तानबीच युद्ध बिराम गराएका थिए। शनिबार साँझ ५ बजेदेखि एकआपसमा सैन्य लडाईंमै उत्रिएका भारत पाकिस्तान युद्धबिरामका लागि सहमत भएका हुन्। त्यसका लागि ट्रम्पले दुबै देशका प्रधानमन्त्रीहरूसँग धेरै चरणमा फोनवार्ता गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युक्रेनसँग ‘सिधै’ वार्ता गर्ने रुसको प्रस्ताव

‘द्वन्द्वका कारणहरू समाधान गर्न र बलियो दीगो शान्तिका लागि अघि बढ्नका लागि हामी गम्भिर वार्ताको पर्खाईमा छौं’ पुटिनले एउटा टेलिभिजन सम्बोधनमा भनेका छन्। यसअघि बेलायती प्रधानमन्त्री केअर स्टार्मर, फ्रान्सका राष्ट्रपछि एमानुएल म्याक्रोसहित युक्रेन पुगेका युरोपेली शीर्ष नेताहरूको रुसलाई निशर्त ३० दिनका लागि युद्धबिराम गर्न अपिल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सांसदहरूलाई जवाफ दिँदै प्रधानमन्त्री

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई आज निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युद्धबिराम भएपछि भारतीयले किन सम्झिरहेछन् इन्दिरा गान्धी?

पाकिस्तानबिरुद्ध ‘अपरेशन सिन्दूर’ लिएर आक्रमण थालेको भन्दै जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चा र वाहवाही भएको थियो, केहीबेरमै भारतीयले इन्दिरा गान्धीलाई सम्झिन थाले र मोदीको आलोचना गर्न थाले।  भारतीय कँग्रेस पार्टीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र अमेरिकाका पूर्व राष्ट्रपति रिचर्ड निक्सनको तस्बीर सार्वजनिक गर्दै केही सन्देश लेख्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पतालमा तनाव

दुई छोरीकी आमा रामकाशीले छोरा जन्माएकी थिइन्। नवजात शिशु सकुशल भएपनि मध्यरातबाट आमाको अवस्था बिग्रिँदै गयो। पत्नी गुमाएका सन्त यादव भन्छन्, ‘मैले यहाँ उपचार सम्भव छैन भने तत्कालै रेफर गरिदिनुस् भनेर पटक पटक अनुरोध गरे । तर डाक्टरले यही ठीक भैहाल्छ भन्दै अल्झाएर राखे। जब राति २ बज्यो अनि विराटनगर लैजाउ भनियो।’  बर्धमान अस्पतालले रेफर गरेपछि सुत्केरी रामकाशीलाई विराटनगरतर्फ कुदाइयो। तर न्यरो अस्पताल नपुग्दै सुत्केरीको मृत्यु भयो। शनिबार बिहान ५ बजे अस्पताल पुर्‍याउने बित्तिकै त्यहाँका डाक्टरले मृत घोषित गरिदिए।  मृतकका पति सन्त यादव भन्छन्, ‘शरीरबाट धेरै रगत बगेको भनेर रगत चढाउने भनियो । हामीले रगत ल्याएर पनि दियौं तर सही उपचार नपाएर मेरी पत्नीको ज्यान गयो।’ यो ज्यानमारा अस्पताल र डाक्टरलाई कारवाही गर्नुपर्छ। हामीले क्षतिपूर्ति पाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

छाँयानाथको ‘माथि बालै’ गाउँमा पहिलोपटक गाडी पुगेपछि…

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन्। गाडीको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै उनीहरूले फूलमालासहित पूजा गरेर नाचगान र देउडा गीतमार्फत स्वागत गरेका हुन्। सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो। वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन्। स्थानीयवासीका अनुसार पहिले बिरामी, सुत्केरी वा तरकारी बोक्नका लागि डोको र पीठो प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ। छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको हो। बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले सडकको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

पाकिस्तानमा एनसिए बैठक, परमाण हतियारबारे निर्णय लिनसक्छ!

पाकिस्तानको आन्तरिक तथा बाह्य सुरक्षा र प्रतिरक्षाका बारेमा निर्णय लिनसक्ने सबैभन्दा उच्च निकाय एनसिए हो। यसमा जनप्रतिनिधि तथा सैनिक नेतृत्वहरू हुन्छन। अरु सुरक्षा अंगका प्रमुखहरूमा पनि यसमा हुन्छन्।  युद्धका समय वा अरु आपतकालीन समयमा राष्ट्रको सुरक्षाका विषयमा अन्तिम निर्णय लिने अधिकार एनसिएलाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बुढीगंगामा ‘विकास कचहरी’

प्रमुख बानियाँले भने, ‘बाजुरामा समस्या मात्रै छैन, सम्भावना पनि उत्तिकै छ, विभेद र विवाद मात्र होइन, एकता र अपनत्व पनि छ । संकट मात्रै होइन, अवसरहरू पनि प्रशस्त छन्। यस्तै  यथार्थ उजागर गर्न कार्यक्रम आयोजना गरिएको हो ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘एयर डिफेन्स सिस्टम’ के हो, भारत- पाकिस्तानसँग कस्तो र कति छन्?

योबीचमा दुबै तर्फका सेनाले एकअर्काको भूभागमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेका छन् र दुबैले एकअर्काका प्रहारलाई निस्तेज पारेको बताएका छन्।  त्यसरी प्रहार गरिएका घातक हतियारलाई आकाशमै नष्ट गर्ने प्रणालीलाई एयर डिफेन्स सिष्टम अर्थात् ‘वायु (हवाइ) प्रतिरक्षा प्रणाली’ भन्ने गरिएको छ।  भारतमा अहिले त्यो प्रणालीको ‘एस ४०० डिफेन्स सिष्टम’को चर्चा चलिरहेको छ। जसलाई भारतले केही वर्षअघि रुससँग किनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अपरेशन सिन्दूरको बदलामा पाकिस्तानको ‘अपरेशन बुनयान मरसुस’

भारतलाई आक्रमणको जवाफ दिन पाकिस्तानी सेनाले ‘अपरेशन बुनयान मरसुस’ सुरु गरेको छ। त्यसलाई उसले भारतको ‘अपरेशन सिन्दूर’को बदला भनेको छ।  मे ७ मा भारतले यही अपरेशनअन्तर्गत पाकिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गरेको थियो। त्यसमा कैयौं आतंककारीहरू मारिएका थिए। यद्यपि त्यसअघि र पछि पनि दुबै सेनाबीच गोली हानाहान भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मरणाशन्न कुट्ने शिक्षक पक्राउ, १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

गृहकार्य नगरेको र भने अनुसार नगरी अटेरी गरेको निहुमा शिक्षक गुप्ताले बालक छात्रलाई  मरनासन्न हुने गरी कुटेको अविनासका बुबा सुरेश कुमार यादवले बताए। उनले भने म खाना खान बसेकामे थिएँ , अचानक कसैले फोन ग¥यो। तिम्रो छोरालाई पिटेर बेहोस बनाएको छ भनेपछि म गाँस छोडेर कुFदे। विद्यालयमा पुग्दा मेरो बच्चा इन्तु न चिन्तु थियो। उनले भने कसाईहरु रहेछन् , झण्डै मेरो बच्चा मारेनन्। सख्त कारवाही हुनुपर्छ – हामीले न्याय पाउनु पर्छ यादवले आँशु झार्दै भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विनाेद चाैधरीले गरे ऊर्जामन्त्रीको प्रशंसा, संसदमै दिए बधाई

सांसद चौधरीले मन्त्रालयले पहिलोपटक १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम सुरु गर्नु देशका लागि सुखद विषय भएको धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं