शनिबार, १३ जुन २०२६

श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, श्रीमती र अर्का पुरुष पक्राउ

News Image
• • •

श्रीमानकै हस्ताक्षर किर्ते गरेर ५० लाख रुपैयाँ ठगी गरेको कसुरमा प्रहरीले पीडित व्यक्तिकै श्रीमतीलाई पक्राउ गरेको छ।

श्रीमान मोहनबहादुर शाहीको हस्ताक्षर किर्ते गरी ठगी गर्ने पोखरा ढुंगेपाटनकी ४४ वर्षीया वन्ती शाही र सुर्खेतको बुद्धचोक घर भएका ४४ वर्षीय भद्र थापा पक्राउ परेका हुन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

मोहनबहादुरको नाममा रहेको पोखरा महानगरपालिका–३० को कित्ता नम्बर २४४४ र २४४७ नम्बरको जग्गा उनकै हस्ताक्षर कीर्ते गरी सिद्धार्थ बैंकमा राखी ५० लाख कर्जा लिएर ठगी गरेको पाइएको कास्की प्रहरीले बताएको छ।

पक्राउ परेकाहरूविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!