बिएल संवाददाता
उत्तर कोरियाले संविधानमा नयाँ व्यवस्था गर्दै आफ्ना सर्वोच्च नेता किम जोङ उनको हत्या भए स्वचालित आणविक हमला हुने उल्लेख गरेको छ।
सर्वोच्च नेतामाथि ज्यान लिने हमला भए वा कुनै विदेशी हमलामा मारिएको अवस्थामा सैन्य बलले तत्काल प्रतिशोध स्वरूप अनिवार्य आणविक हमला गर्ने व्यवस्था संविधानमै समावेश गरेको द टेलिग्राफले जनाएको छ।
रिपोर्टअनुसार संशोधित संविधानमार्फत प्योङयाङले सम्भावित नेतृत्वविहीन अवस्थाका लागि ‘डेड ह्यान्ड’ शैलीको प्रतिआक्रमण प्रणाली विकास गरेको दाबी गरिएको छ।
‘डेड ह्यान्ड’ शब्द शीतयुद्धकालीन सोभियत संघको एउटा गोप्य प्रणालीसँग जोडिन्छ, जसअनुसार शीर्ष नेतृत्व नष्ट भए पनि स्वचालित रूपमा आणविक प्रतिआक्रमण सुरु हुन सक्थ्यो।
अहिले विश्लेषकहरूले उत्तर कोरियाले पनि यस्तै अवधारणामा आधारित सुरक्षा रणनीति बनाएको हुन सक्ने आशंका गरेका छन्।
उत्तर कोरियाले यस्ता दाबीबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। मिडिया स्रोतहरूका अनुसार उत्तर कोरियाले इरानका सर्वोच्च नेतासहित धेरै नेताहरू विदेशी हमलामा मारिएपछि आफ्नो नेताको सुरक्षाका लागि संविधान संशोधन गरेर बाध्यकारी व्यवस्था गरेको बताइएको छ।
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया