शनिबार, १३ जुन २०२६

डेढ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ। 

आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो।

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो। 

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो। 

विमानलाई रनवेमै रोकेर आपतकालीनद्वारबाट यात्रुहरूको उद्धार गरिएको थियो। विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!