मङ्गलबार, २६ अगस्ट २०२५

बिचारबिना चारैतिर छरिएकाहरूलाई एकतामा ल्याउन सकिन्न: प्रधानमन्त्री

उनले आफूहरुले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजेको भन्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरुले कहिल्यै नछोडेको बताए।  उनले आफ्नो नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विपदका बेला राज्यका सबै निकाय सक्रिय बनाउनुपर्छ: कोइराला

‘विपद्का बेलामा राज्यका सबै संरचनालाई थप सक्रिय बनाउन जरुरी छ,’ डा. कोइरालाले शुक्रबारको घटनाहरूप्रति दुख व्यक्त गर्दै लेखेका छन् ‘सम्भावित क्षती रोक्न राज्यको थप सक्रियता जरुरी देखिन्छ।’  उनले शुक्रबारको हावाहुरीका कारण घाइते भएकाहरुको उपचार सरकारले नि:शुल्क प्रवन्ध गर्नुपर्ने समेत उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रुस-युक्रेन वार्ता के भयो सहमति?

बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोवले दुबै देशले पहिलो चरणमा एक-एक हजार युद्धबन्दीहरू रिहा गर्नेछन्।  ‘हामीले युद्धबिराम र युद्धबन्दीहरू रिहा गर्ने विषयमा छलफल गरेका छौं। पहिलो चरणमा एक एक हजार युद्धबन्दीहरू रिहा गर्ने सहमति भएको छ’ उनले भनेका छन्।  यो बैठकमा युक्रेनी प्रतिनिधिले दुबै देशका राष्ट्रहरूबीच सिधा वार्ताको प्रस्ताव गरेका थिए। रुसका प्रतिनिधिहरूले त्यो कुरा आफ्ना राष्ट्रपतिलाई सुनाउने बाचा पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘मर्निङवाक’मा निस्किएकालाई कारको ठक्कर, दुईजनाको मृत्यु

गोरुसिङ्गे-पत्थरकोट सडकखण्डमा मर्निङवाकमा निस्किएका उनीहरूलाई अर्घाखाँचीबाट बुटवल जाँदै गरेको कारले बिहान पौने छ बजे ठक्कर दिएको हो।  गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठकर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ट्रम्पले किन चलाउँदैछन्, भारतमाथि ब्यापारको डन्डा?

युद्धबिरामका लागि ट्रम्पको भूमिकालाई लिएर अहिले भारतीय राजनीति भने विभाजित बनेको छ। र विपक्षीहरूले मोदीको आलोचना गरिरहेका छन्। मोदीले भने पाकिस्तानको हारगुहार पछि युद्धबिराम भएको भन्दै अमेरिकी भूमिकालाई अहिलेसम्म स्वीकार गरेका छैनन्।  ट्रम्प आफैले भारत र पाकिस्तान दुबैलाई अमेरिकाले ब्यापार बन्द गर्ने चेतावनी दिएपछि युद्ध बिराम भएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुरु हुँदै ‘सगरमाथा संवाद’, ‘उच्चस्तरीय’  विदेशी पाहुना आएनन्

‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ नारा दिइएको यो संवाद कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसदेखि छिमेकी अनि अरु पनि कैयौं राष्ट्रका प्रधामन्त्रीहरूलाई समेत निम्तो गरिएको थियो।  तर यी कोही पनि यो संवादमा आएका छैनन्। बिहीबार अबेरसम्म कुनै पनि देशका मन्त्रीहरू सहभागिताका लागि नेपाल आइसकेका छैनन्। आयोजकका अनुसार लगभग आउने सम्भावना पनि छैन। यो संवाद कार्यक्रमको उद्घाटन शत्रमा राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको भिडिओ सन्देश भने प्रशारण हुनेछ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सई खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नायव निरीक्षक (सई) राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्। खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका हुन्। सई खड्कालाई एसएसपी रमेश बस्नेतले उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरे। लामो समयदेखि अपराध अनुसन्धान कार्यालयमा कार्यरत खड्काले अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण, संगठित अपराध र फरार अभियुक्त पक्राउमा उत्कृष्ट भूमिका खेलेकोमा पुरस्कृत गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्प नीति : धम्की दिएर युद्ध रोक्छन्, खर्बौंको हतियार पनि बेच्छन्

भर्खरै सुरु हुन लागेको भारत-पाकिस्तान युद्ध रोक्न पनि उनले ‘ब्यापार रोकिदिने’ भनेर धम्की दिएका थिए। त्यसपछि दुबै देश युद्धबिरामका लागि सहमत भए।  यद्यपि भारतीय प्रधानमन्त्रीले ट्रम्पको भूमिकाबारे मुख खोलेका छैनन्। बरु युद्ध बिरामका लागि पाकिस्तान नै हारगुहार गरेको भारतको आरोप छ।  तर ट्रम्प भने निरन्तर त्यही भनिरहेका छन्। आफैमा तनावपूर्ण रहेका खाडीका देशहरूमा अहिले ट्रम्पले त्यही युद्ध र ब्यापारको कुरा गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गाजापट्टीका अस्पतालहरूमै इजरायको लगातार आक्रमण, २४ घण्टामै मारिए ८० जना

गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ। मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन्। नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको शव प्राप्त गरेको छ। जसमध्ये ७ बालबालिका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

टर्कीबाट भेटिएला रुस-युक्रेन युद्ध अन्त्यको बाटो?

सन् २०२२को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसयता न त युद्ध थामिएको छ न दुबै देश आपसमा वार्ता गरिरहेका छन्।  दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति भएलगत्तै ट्रम्पले भने दुबै देशलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा युद्ध समाप्त गर्न चेतावनी दिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पोखरामा माइक्रो दुर्घटना, तीनजनाको मृत्यु

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो पोखरा महानगरपालिका- ३२ लामेआहालमा दुर्घटना भएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए। दुर्घटनामा परी थप ८ जना घाइते भएका छन्। घाइते र मृतकको पहिचान खुलिनसकेको प्रहरीले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

बागबजारको गेष्ट हाउसमा युवतीको हत्या गरी फरार भारतीय भूपू सैनिक पक्राउ

गत चैत २९ गते काठमाडौंको बागबजारस्थित एक गेष्ट हाउसमा एक युवतीको शव फेला परेको थियो। नुवाकोटको सुर्यगढी नगरपालिका-१ घर भइ काभ्रेस्थली बस्दै आएकी २८ वर्षीया विमला तामाङको शव गेष्ट हाउसको कोठमा सडेगलेको अवस्थामा फेला परेको थियो। पोस्टमार्टम रिपोर्टमा ती महिलाको बलात्कारपछि हत्या भएको खुलेको छ। उनको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराले बताए। उनी हिजो मंगलबार पक्राउ परेका हुन्। पन्त भूपू भारतीय सैनिक रहेको खुलेको छ। उनी विवाहेत्तर सम्बन्धमा पनि रहेको खुलेको छ। उनी मृतक युवतीसँगै उक्त गेष्ट हाउसमा बसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडाैंकाे मखन टोलमा लागेको आगो नियन्त्रणमा लिइयाे

काठमाडौंको मखनटोलमा लागेको आगो नियन्त्रणमा आएको छ। बुधबार बिहानैदेखि महानगरको वडा नं २४ स्थित महादेव चोकमा लागेको आगो नियन्त्रणमा आएको हो।आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। आगलागीमा परी एकजना महिलाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘संसारकै गरिब राष्ट्रपति’काे निधन

राष्ट्रपति रहँदा र भइसकेपछिको जीवन पनि उनी निकै साधारण तरिकाले बाँचे। त्यही कारण उनलाई विश्वकै गरिब राष्ट्रपति भनिन्छ।  उन पूर्व गुरिल्ला पनि हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौं मखनटाेलकाे घरमा आगाे, एकजनाकाे मृत्यु

बुधबार बिहानैदेखि महानगरको वडा नं २४ स्थित महादेव चोकमा रहेको एउटा घरमा आगो सल्किएको थियो।  स्थानीय एकजनाको घरमा ग्याँस लीक भएर सल्किएको आगो अहिले अरु घरमा पनि फैलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

खाडीमा ट्रम्प, साउदीले अमेरिकी हतियार किन्ने, सिरियामाथिको प्रतिबन्ध हट्यो

उनी कतार र यूएई पनि पुग्नेछन्। दोस्रो कार्यकालमा ट्रम्पको यो सबैभन्दा महत्वपूर्ण र पहिलो कुटनीतिक भ्रमण हो। कच्चा तेलका धनी यी राष्ट्रहरूसँग ट्रम्पले कैयौं ब्यापारिक सम्झौताहरू पनि गर्नेछन्।  साउदी पुगेर उनले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। र साउदीसँग हतियार बेच्ने सम्झौता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अवरुद्ध ‘बीपी राजमार्ग’ केही घण्टाभित्रै सञ्चालन गर्ने तयारी

बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी छ।  सोमबार रातिको वर्षाका कारण रोशी खोलामा आएको बाढीले सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्‍याएको थियो। ती मध्ये अन्य ठाउँमा सडक मर्मतको काम सकिएको र माम्तीको डाइभर्सन मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए।  असोज महिनामा आएको बाढीले बीपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन फेरि बगाएको बताउँदै उनले आधा घण्टादेखि एक घण्टाको बिचमा दुईतर्फी नै सडक सञ्चालन हुने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुली

भारतका केही आन्तरिक उडानहरू अझै रद्द

एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको छ। भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि १० मेमा युद्धविरामको सहमति भएको थियो। तर त्यसपछि पनि सीमावर्ती क्षेत्रमा तनाव कायम रहेकाले भारतका केही प्रमुख एयरलाइन्सहरूले सावधानी अपनाउँदै उडान रद्द गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बीपी राजमार्ग अझै खुलेन

बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन। प्रहरी टोली तथा स्थानीयको पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारत-पाकिस्तान सैन्य वार्ता : सहमति के भयो?

सैन्यअधिकारीहरूबीच वार्ता हुँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै थिए र अहिलेका लागि ‘अपरेशन सिन्दूर’ नभएर सैन्य कारबाहीमात्रै रोकिएको बताएका थिए। पाकिस्तानलाई उनले कैयौ चेतावनी पनि दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ