बिएल संवाददाता
साहित्य, संगीत प्रेमी मण्डली थाइल्यान्डकाे संयाेजन र थाई नेपाली संघ बैंकक शाखा, शिक्षा विभागको आयोजनामा ‘साहित्यिक तथा सांस्कृतिक उत्सव’ सम्पन्न भयो।
दशकाैँअघि म्यान्मार हुँदै थाइल्यान्डसम्म प्रवासिएका नेपाली सन्तानहरूकाे एउटा जमघटले आइतबार मौलिक रचना वाचन र सांगितिक प्रस्तुति दियाे।
थाइल्यान्डमा मातृभाषा पढ्दै गरेकाे नयाँपुस्तामा नेपाली साहित्य र संगीतकाे माेह देख्दा अभिभावक र मण्डलीकर्मीहरू दंग छन्।
फागु पूर्णिमाकाे दिन आयाेजित समाराेहका प्रमुख अतिथि थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली थिए भने विशेष अतिथिका रुपमा म्यान्माली पण्डित प्रकाशचन्द्र अर्याल, लक्ष्मण न्यौपाने र थाई नेपाली संघका केन्द्रीय अध्यक्ष लक्ष्मण केसी रहेकाे साहित्य, संगीत प्रेमी मण्डली थाइल्यान्डले जनाएको छ।
‘साहित्यिक तथा सांस्कृतिक उत्सव’मा थाई नेपाली संघका पदाधिकारी, विभागीय सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापारी, समाजसेवी, दानबीर, साहित्य तथा संगीतप्रेमी र खासगरी विद्यार्थीहरूको उपस्थिति रहेको थियाे।

नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया