बिएल संवाददाता
दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन्।
मङ्गलबार साँझ क्वेटाबाट ८० किलोमिटर पूर्वमा रहेको खोस्टको खानी क्षेत्रको निजी कोइला खानीमा ग्याँस विस्फोट भएको र १० जना जमिनबाट करिब आठ सय फिट गहिराइमा फसेका थिए।
उद्धार टोलीले राति नै दुईवटा मृत शरिरलाई भग्नावशेषबाट निकालेको बलुचिस्तान प्रान्तस्थित उक्त खानीका प्रमुख निरीक्षक घानी बलोचले बताए।
खानीमा बाँकी कामदारहरू जीवित हुन सक्ने सम्भावना क्षीण रहेको तर वेपत्ता सबैको उद्धारको प्रयास भइरहेको उनले बताए।
आफ्नो सहकर्मीहरूलाई बचाउने प्रयास गर्ने आठ जनाको समूह पनि लामो समय सम्म फसेको र पछि सरकारी उद्धार टोलीले केहीलाई बेहोस अवस्था र अन्यलाई सकुशल सुरक्षित स्थानमा ल्याएको बताएका थिए।
सरकारको खानी विभागका साथै विपद् व्यवस्थापन एजेन्सीका उद्धार टोलीहरू घटनास्थलमा छन्।
खानीमा कार्बन मोनोअक्साइड ग्यासको सञ्चयले विस्फोट हुँदा खानी भासिएको बलोचले बताए।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया