बिएल संवाददाता
बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ। बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गरेका छन्।
उनका अनुसार ३३ जनाको शव ढाका मेडिकल कलेज अस्पतालमा र १० जनाको शव ढाकास्थित शेख हसिना नेसनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा ल्याइएको छ।
ढाकास्थित फायर सर्भिस एण्ड सिभिल डिफेन्स हेडक्वाटरका इन्स्पेक्टर अनवारुल इस्लामले सिन्ह्वासँग कुरा गर्दै ४२ जना अचेत अवस्थामा रहेकासहित करिब ७५ जनालाई ‘ग्रिन कोजी कटेज सपिङ मल’ बाट उद्धार गरिएको र उनीहरुलाई विभिन्न अस्पतालमा लगिएको बताएका छन्।
इस्लामका अनुसार उद्धारकर्मीले घटनास्थलमा काम गरिरहेका छन्। राति ९ः३० बजेतिर आगलागी भएको सूचना पाएपछि दमकल पठाइएको उनले बताए। सथानीय समयअनुसार बिहीबार राति ११ः३० बजे १२ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए।
अधिकारीका अनुसार सात तले भवनमा एउटा रेस्टुरेन्ट, एउटा आउटलेट र अन्य थुप्रै पसलहरू छन्।
नाम उल्लेख नगर्नेे शर्तमा अग्नि नियन्त्रकका अर्का एक अधिकारीले आगलागीमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।
शुक्रबार बिहानै आएको टिभी रिपोर्ट अनुसार भवनको केही भागमा शुक्रबार बिहान समाचार तयार पार्दासम्म आगलागी पूर्ण नियन्त्रणमा आउन सकेको छैन। आगलागीको कारण तत्काल खुल्न सकेको छैन।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया