बुधबार, २० अगस्ट २०२५

गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन

क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एशियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्छन्। यति मात्र नभई गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथरमै पर्छ। ती गाउँबाट सुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँगाउँमा फैलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयाे, धामी पक्राउ

बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन्। बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन्। उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन: अर्थमन्त्री महत

उनले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डीडीसीका महाप्रबन्धक झामाथि दलियाे कार्यकक्षमै कालोमोसो (भिडियाे)

क्रान्तिकारी युवा संगठनले दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले कालोमोसो दलेकाे बताएकाे छ। यस्तै डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले, कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको समेत उनीहरूले उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हङकङमा कार्यरत युवाको सहयोगमा गाउँमा नि:शुल्क एम्बुलेन्स सेवा

रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका विपन्न परिवारलाई नि:शुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ 

वाफ च्याम्पियनसिप खेल्न जाने महिला टोलीको बिदाइ 

साउदी अरेबियामा हुने उक्त च्याम्पियनसिपमा ८ टोलीले सहभागिता जनाउँदैछन्। साउदी अरेबिया, ग्वाम, लेबनान र जोर्डन समूह ‘ए’ मा छन् भने नेपाल, प्यालेस्टाइन, सिरिया र इराक समूहमा ‘बी’ रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्वतारोहण संघका सिइओको मनाङ सरुवाविरुद्ध सर्वोच्चमा मुद्धा दायर

काठमाडौँस्थित मुख्य कार्यलयमा काम गर्ने गरी पाँच वर्षको कार्यकालका लागि २०७७ भदौ १ गते नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईलाई हटाउने उद्धेश्यले मनाङ सरुवा गरिएकाे भन्दै राईले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोलुका किसान भन्छन्- आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी

कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८/०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९/०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०/०८१ मा एक हजार तीन सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकी प्रदेश सरकार स्थापना दिवस मनाइँदै आज

प्रदेश प्रमुख गुुरुङद्वारा आज जारी शुुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिएका छन्। सन्देशमा उनले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको बताए। प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न सबैको सार्थक पहल र सहकार्य आवश्यक भएको सन्देशमा उल्लेख गर्दै नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूूरा गर्न सङ्घीयताको व्यावहारिक कार्यान्वयनलाई ध्यान आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

ट्रयाक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्रयाक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

महासंघले बिहीबार बिहान महेन्द्रनगरबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायात प्रालिको रात्रि सेवामा सञ्चालित सुपप्र ०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमा मृत्यु हुनाका साथै १५ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा सीमा स्तम्भ रङ्गरोगन

सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो। यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६  सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर (कञ्चनपुर)

बझाङमा जिप दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर (बझाङ)

घर–घरमै जन्मदर्ता

सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्‍याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो। 'छारीको न्वारनमात्र सकिएको थियो। जन्मदर्ता वडामै बनाएर आज पुर्‍याउन आउनुभएछ। वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो,' बेबिकाले भनिन्, 'यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन। वडाले आफैं बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो।'

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

प्रदूषण बढेपछि थाइल्यान्डमा घरबाट नै काम गर्न आग्रह

थाइल्यान्डको राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ। करिब एक करोड १० लाख जनसङ्ख्या रहेको यस शहरमा कामदारहरूलाई प्रदूषणबाट बच्नका लागि शहरका अधिकारीहरूले कम्तीमा शुक्रबारसम्म सकेसम्म घरबाट नै आफ्नो सेवा प्रवाह गराई सहयोग गर्न त्यहाँका सरकारी अर्ध–सरकारी, निजी कार्यालय सङ्घसंस्था र रोजगारदाताहरूसँग आग्रह गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक

पानामा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ४ काे मृत्यु, ७ बेपत्ता

सेनाले हालसालै अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरूद्वारा आप्रवासी तस्करीको सामना गर्न आप्रवासी डुङ्गाहरूको बढ्दो आगमन रोक्न गस्ती र अन्य उपायहरू बलियो बनाएको बताएको छ।  सन् २०२३ मा मात्रै पाँच लाख २० हजार ८५ आप्रवासी कोलम्बियाबाट पानामा ड्यारियन सीमा क्षेत्र हुँदै गएका थिए। यसैगरी सन् २००९ देखि २०२२  सम्म यही मार्गबाट आएका पाँचलाख १४४ भन्दा बढी आप्रवासी रहेको पानामाको राष्ट्रिय आप्रवासी सेवाको तथ्याङ्कले देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तस्थित खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। दाभाओ डे ओरोको प्रान्तीय सरकारले सामाजिक सञ्जालमा जनाए अनुसार उद्धारकर्ताहरूले हराइरहेका ३६ जना व्यक्तिहरूको खोजी गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - डाभाओ डे ओरो

‘राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ’

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको बिहिबार सालिक अनावरण गर्दै सभामुख घिमिरेले थापाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाईघाट (उदयपुर)

मृत्युमार्ग बन्दै ‘लुम्बिनी’का सडकमार्ग: तीन दिनमै २२ जनाको निधन

विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ। ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन्। ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ। बस व्यवसायीहरुले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी