बिएल संवाददाता
खराब मौसमका कारण पानामाको उत्तरपूर्वी तटमा डुङ्गा पल्टिदा चार आप्रवासीको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको पानामाका अधिकारीहरूले बताएका छन्।
मध्य अमेरिकी देशको राष्ट्रिय सीमा सेवाले गरेकोे पोस्ट तथा स्थानीय सञ्चारमाध्यमको रिपोर्टअनुसार दुर्घटनामा परेका अन्य १४ जना सुरक्षित छन्।
कोलम्बियाबाट आएको उक्त डुङ्गा पानामाको गुना यला आदिवासी प्रान्तको क्यारेटो समुदाय नजिकै पल्टिएको थियो।
अध्यागमन अधिकारीसँगको समन्वयमा शवहरूको व्यवस्थापन तथा जिवित मानिसहरूको उद्धार गर्ने कार्य जारी रहेको छ।
प्रत्येक वर्ष हजारौँ आप्रवासी कामको खोजीमा पानामामा प्रवेश गर्ने प्रयास गर्छन्।
विशाल वन क्षेत्र तथा र दलदलबाट ६० माइल वरपर फैलिएको, डेरियनलाई विश्वको सबैभन्दा खतरनाक बसाईसराइँ मार्गहरूमध्ये एक मानिन्छ। सेनाका अनुसार डेरियन पदमार्ग नभई घना जङ्गल हो।
सेनाले हालसालै अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरूद्वारा आप्रवासी तस्करीको सामना गर्न आप्रवासी डुङ्गाहरूको बढ्दो आगमन रोक्न गस्ती र अन्य उपायहरू बलियो बनाएको बताएको छ।
सन् २०२३ मा मात्रै पाँच लाख २० हजार ८५ आप्रवासी कोलम्बियाबाट पानामा ड्यारियन सीमा क्षेत्र हुँदै गएका थिए। यसैगरी सन् २००९ देखि २०२२ सम्म यही मार्गबाट आएका पाँचलाख १४४ भन्दा बढी आप्रवासी रहेको पानामाको राष्ट्रिय आप्रवासी सेवाको तथ्याङ्कले देखाएको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया