बिहिबार, २१ अगस्ट २०२५

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा  १ जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

टर्किएको राजधानीमा आइएस विरुद्ध तीव्र कारबाही

टर्किएका अधिकारीहरूले मङ्गलबार अङ्कारामा इस्लामिक स्टेट (आइएस) विरुद्ध कारबाही शुरु गरेको डेली सबा अखबारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अङ्कारा

अल्पाइन ट्रेनिङ क्याम्पमा सहभागी हुने टोलीको बिदाइ

 नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष रतनकुमार टण्डनले मंगलबार अल्पाइन ट्रेनिङ क्याम्पमा सहभागी हुने नेपाली टिमको एक समारोहबीच बिदाइ गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मेडिकल काउन्सिलको रजिष्ट्रारमा सतिशकुमार देव नियुक्त

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनिल कपूरकाे नक्कल गरेर अर्जुनले पाएका थिए ‘सुपरहिट’ फिल्म

वास्तवमा, ‘कफी विथ करण’ शोको अर्जुन कपूर र रणवीरको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा अर्जुन कपूरलाई यो फिल्म कसरी आयो भनेर सोधिएको थियो। उनले अडिसनको आधारमा फिल्म ‘इशकजादे’ पाएको अभिनेताले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री र उपहारका निर्देशक देउजाबीच भेटवार्ता

फागुन–२५ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा धिमाल समुदायको परम्परागत पुख्याैली जन्मदेखि मृत्युसम्म गरिने सांस्कृतिक  कार्यक्रम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

शिक्षा समितिमा सांसदहरूकाे प्रश्न- विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने?

कतिपय सांसदले सरकारले आवश्यकता ठानेर विधेयक ल्याएको र राष्ट्रियसभाबाट प्रतिवेदन प्राप्त भइसकेकाले विधेयक आवश्यक छ या छैन भने प्रश्न गर्नु उचित नभएको तर्क गरे। सांसदहरूले युवालाई नेपालमै रोजगारी दिनसक्ने विश्वविद्यालय मात्रै आवश्यकता रहेकामा जोड दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाईपालक किसानले दूधकाे मूल्य नपाएपछि...

रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मन्थली (रामेछाप)

अख्तियार प्रमुखले भने- ७० करोड टेप प्रकरणको अनुसन्धान जारी, टेरामक्सको रिजल्ट चाँडै आउँछ

मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नौ दशमलव ३४ अङ्कले बढ्याे नेप्से

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर तीन सय ५७ दशमलव शून्य नौ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी सातासम्ममा इजराइल–हमास युद्धविराम हुने अमेरिकी विश्वास

युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ। उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजराइली बन्दीहरूको रिहाइको माग गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजापट्टी

अन्तर्राष्ट्रिय टी-२० शृङ्खला: नामिबियासँग नेपाल पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो। नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेश प्रदेशसभा बैठकमा जनमत पार्टीकाे नाराबाजी

जनमतका प्रदेशसभा सदस्य चन्दनसिंहले आफ्नो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरुमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठी चार्ज गरेको र सोह घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै उठेर विरोध जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

स्थायी समितिमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न

अग्निप्रसाद सापकोटाले भने, ‘अधिकांश स्थायी समिति सदस्यले राष्ट्रियसभाको ठूलो दलको हैसियतले अध्यक्ष छाड्नुहुन्न भन्ने धारणा राख्नुभएको छ।’ यही फागुन २० गतेदेखि राष्ट्रियसभा अध्यक्षको पद रिक्त हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद् भवनमा सुरक्षा व्यवस्था कडा, फुटपाथमा हिँड्न निषेध (तस्बिरहरू)

साेमबार दिउँसाे लघुवित्त पीडितहरु संसद् भवनमा छिरेपछि सुरक्षा व्यवस्था कडा बनाइएकाे हाे। संसद् भवन आसपासमा अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरिएकाे छ। प्रहरीले संसद् भवन वरवरका फुटपाथमा हिँड्न पनि निषेध गरेकाे छ। संसद् बाहिरकाे फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको ब्यानरसमेत टाँगिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्रीले गरे सम्मान 

आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताए। उनले आचार्यको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भजन शिरोमणि’ आचार्यप्रति श्रद्धाञ्जलि

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो। उनलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोरियाको चेओरवनका मेयरले  ललितपुरसँग ‘मित’ लगाउने 

ललितपुर महानगरले कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलको सम्मानमा मंगलबार स्वागत कार्यक्रम आयोजना गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

बारामा ग्यारेजमा विस्फोट: मृतककाे संख्या तीन पुग्याे (अपडेट)

मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजत रहेका छन्। विस्फोटमा घाइते भएका ६ जनामध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बारा