बिहिबार, २१ अगस्ट २०२५

उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैनः स्वास्थ्यमन्त्री बस्नेत

चिकित्सा शिक्षा ऐन सुधार गरेर धेरै विद्यार्थीलाई पढ्न पाउने व्यवस्था गरिरहेको भन्दै देशका कुनाकाप्चामा नर्सिङ र प्यारामेडिक पढ्न पाउने व्यवस्था मिलाउन थालेको र एक हप्तामा त्यसको टुङ्गो लाग्ने उहाँले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै खतिवडाले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएपछि उनी बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्च अङ्कले घट्याे नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ मा सीमित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्तर्राष्ट्रिय टी–२० शृङ्खला: नेदरल्यान्ड्सले नामिबियालाई हरायो

माइकल लेभिट र साइब्रान्ड एङ्गेलब्रेख्तको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको थियो। जवाफमा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपहारको ‘कहिले बार बिर्सिन्छु’ गीतमा रेखाको ‘ग्ल्यामर लुक्स’ (भिडियो)

गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई देख्न सकिन्छ। फरक फरक लोकेसनमा खिचिएको भिडियो हेर्दा आकर्षक छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अँध्यारो बस्ती ‘किङगरियनपुर्वा’: हिँड्ने बाटोसमेत छैन, जनप्रतिनिधिको ध्यान जाँदैन

वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा परेका छन्। उपमहानगरपालिका वडा नं २२ मा रहेको किङगरियनपुर्वा बस्ती उपमहानगरपालिकाभित्रकै भएर पनि अँध्यारो बस्ती बनेको स्थानीयहरू बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके   

प्रधानमन्त्रीकाे प्रश्न- मन्त्रालय र निकायले आफैँ तय गरेका लक्ष्य किन कार्यान्वयन भएन?

किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने अहिलेसम्म पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रधानमन्त्री दाहालले बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधैँ नै अड्किने र पन्छिने परम्पराले कहिलेसम्म निरन्तरता पाउने हो भनी प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘काेशी’ नाम खारेज गर्न माग गर्दै काठमाडाैँ प्रदर्शन (तस्बिरहरू)

‘फागुन १७: पहिचान नामेट गरिएकाे अँध्याराे दिन’ भन्दै प्रदर्शनकारीहरूले कालाे ब्यानर बाेकेर प्रदर्शन गरेकाे छन्।  उनीहरूले पहिचानकाे आधारमा प्रदेश नम्बर १ काे पुन: नामाकरण गर्न माग गरेका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कांग्रेसबाट कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाललगायतका नेताको चर्चा अध्यक्षमा रहेको छ । सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाइएको निर्वाचनपूर्व नै चर्चा चलेको थियो । यसमा माओवादीसमेत लचक रहेको बताइएको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै दुई सय ४८ रनको योगफल बनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली प्रदेशस्तरीय फुटबल: सुर्खेतलाई हराउँदै जुम्ला फाइनलमा

जुम्लाका रुविन भण्डारीले सुरुमै गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। तर अन्तिम समयमा सुर्खेतका भरत नांगालले गोल गरेपछि खेल टाइब्रेकरमा गएको रेफ्री दिपक श्रेष्ठले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

विराटनगर–लुक्ला माउन्टेन फ्लाइट छिट्टै सुरु हुन्छ: मुख्यमन्त्री कार्की

‘खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ’, उनले भने, ‘यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगर–लुक्ला जहाज उडान गर्ने तयारी गरिरहेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

मध्य भारतमा विवाहपूर्वको समारोहबाट फर्किएकाहरू चढेकाे गाडी पल्टियाे, १५ जनाको मृत्यु

मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा बिहीबार गाडी अनियन्त्रित भई पल्टिँदा पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

राष्ट्रियसभाबाट बिदाई हुन लागेका सांसदहरूले आफ्नो अनुभव राख्दै (लाइभ)

सभामा आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेलाडीको रुपमा मैदानमा नभए पनि बाहिरबाट देशको समर्थनमा हुनेछु: सावित्रा भण्डा

‘खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु। र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थेँ, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूमि आयोगको सुस्त गति : चार वर्षमा साढे १४ लाख निवेदन, साढे चार हजार भूमिहीनलाई मात्रै लालपुर्जा

आयोगको विवरणअनुसार चार हजार पाँच सय १४ भूमिहीनलाई एक करोड ५८ लाख ४५ हजार ६६२.११ वर्गमिटर क्षेत्रफल जग्गा वितरण गरिएको छ । आयोगले सात सय २७ स्थानीय तहसँग कार्य–सहमतिपत्रमा हस्ताक्षर गरेको छ । ती स्थानीय तहले सम्झौता गरेर लगत संकलनका लागि सूचना प्रकाशित गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोरङमा भेटिए अर्का ‘लिटिल बुद्ध’: रुखको टोड्कामा बस्छन्, हाँगा-हाँगामा दौडिन्छन्

कोहीसँग ठट्टा नगर्ने, धेरै नबोल्ने, चाहिएको मात्र बोल्न थालेका उनले बौद्ध धर्मको अनुयायी बनेर २७ औँ धर्मकुण्डली सफाइ गर्ने भन्दै ध्यान सुरू गरेको भाइ लबिनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

जलवायु परिवर्तनकाे असरबारे ध्यानाकर्षण गराउन महिला टोली कालापत्थरतर्फ प्रस्थान

जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि बिक्री खुला

कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं