राजधानी दैनिक
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको हो । स्थायी समिति बैठकमा सदस्यले उम्मेदवारी दिनुपर्ने सुझाव तथा दबाब नेतृत्वमाथि दिएका थिए ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘हाम्रातर्फबाट पनि उम्मेदवारी दिने भन्ने निर्णय भएको छ ।’ राष्ट्रिय सभाको अध्यक्षमा सत्तारूढ गठबन्धनभित्रका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले समेत दाबी गर्दै आएका छन् ।
कांग्रेसबाट कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाललगायतका नेताको चर्चा अध्यक्षमा रहेको छ । सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाइएको निर्वाचनपूर्व नै चर्चा चलेको थियो । यसमा माओवादीसमेत लचक रहेको बताइएको थियो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया