बिएल संवाददाता
कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जुम्लाले सुर्खेतलाई हराउँदै फाइनल यात्रा तय गरेको छ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमबाट एकएक गोल भएपछि पेनाल्टी सुटआउट हुँदा जुम्ला विजयी भएको हो।
जुम्लाका रुविन भण्डारीले सुरुमै गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। तर अन्तिम समयमा सुर्खेतका भरत नांगालले गोल गरेपछि खेल टाइब्रेकरमा गएको रेफ्री दिपक श्रेष्ठले बताए।
उनका अनुसार टाइब्रेकरमा दुबै टिमबाट पाँच-पाँच गोल हुँदा खेल सट अन डेथमा गएको थियो।
थप एक-एक खेलाडीलाई पुन: पेनाल्टी सुट आउटको अवसर दिइएपछि सुर्खेतका सुजन गुरुङले मिस पेनाल्टी हान्दा जुम्लाले फाइनल यात्रा तय गरेको थियो।
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया