सनीराज शाक्य
नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरक्षा व्यवस्था कडा बनाइएकाे छ।
साेमबार दिउँसाे लघुवित्त पीडितहरु संसद् भवनमा छिरेपछि सुरक्षा व्यवस्था कडा बनाइएकाे हाे। संसद् भवन आसपासमा अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरिएकाे छ।
प्रहरीले संसद् भवन वरवरका फुटपाथमा हिँड्न पनि निषेध गरेकाे छ। संसद् बाहिरकाे फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको ब्यानरसमेत टाँगिएको छ।
आन्दाेलनका क्रममा विभिन्न जिल्लाबाट काठमाडाैँ आएका लघुवित्त पीडितहरु साेमबार दिउँसाे संसद् भवन प्रवेश गरेका थिए। प्रहरीले प्रवेशद्वारमा राेक्न खाेजे पनि हुलहुजत गर्दै उनीहरु भित्र छिरेका थिए।
लघुवित्त पीडितहरु संसद् भवनमा प्रवेश गरेको घटनाकाे छानबिन गर्न काठमाडाैँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा साेमबार समिति गठनसमेत गरिएको छ।



कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया