बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर तीन सय ५७ दशमलव शून्य नौ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।
कूल ५२ लाख ३९ हजार चार सय १६ कित्ता शेयर रु एक अर्ब ८६ करोड ९८ लाख १३ हजार पाँच सय २६ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु १४ करोड १९ लाख ६२ हजार छ सय ९० बराबरको कारोबार भयो।
शिवम् मिसेन्ट रु आठ करोड २९ लाख ८२ हजार छ सय ६८, हिमालयन रिइन्स्योरेन्स रु छ करोड ४० लाख २६ हजार नौ सय ३९,घोराही सिमेन्ट रु पाँच करोड चार लाख ९० हजार दुई सय ६९ र हिमालयन डिस्टिलरी रु तीन करोड ५८ लाख ६८ हजार नौ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र बिपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामलिङ पावर कम्पनी नौ दशमलव २६, बोटलर्स नेपाल तराई आठ दशमलव ७२,र गुराँस लघुवित्तका शेयरधनीले आठ प्रतिशतले कमाएका छन्।
त्यस्तै, चिर्खवा हाइड्रोपावर पाँच दशमलव शून्य छ, कालिञ्चोक दर्शन चार दशमलव ३०, ज्योति विकास बैंकको ऋणपत्र तीन दशमलव ६२, मैलुङ हाइड्रोपावर तीन दशमलव ५३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले गुमाएका छन्।
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया