मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु: प्रधानमन्त्री दाहाल

आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘मजदुर दिवस मनाएर बसे बेलुकी के खाने?’

त्यसैगरी, कैलारी–७ भुइँयाफाँटाका २२ वर्षीय दीपक चौधरी पनि महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गरिरहेको अवस्थामा आज भेटिए। ‘मजदुर दिवस भनेको के हो थाहा नै छैन’, उनले भने, ‘दिवस मनाएर बसे बेलुकी के खाने?’ उनले दिवस मनाउनुभन्दा पनि मजदुरहरुको हकहित र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

सोमबार बिहान वीरगञ्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो। उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिकसहित ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

अन्तर्राष्ट्रिय श्रमिक दिवस: श्रमिकमय भृकुटीमण्डप (तस्बिरहरू)

मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीकाे आयोजनामा बुधबार भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम भइरहेकाे छ। समारोहअघि श्रमिकहरूले नयाँ सडकबाट भृकुटीमण्डपसम्म र्‍याली निकालेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍याे: प्रदीप ज्ञवाली

'इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउँछौँ भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्', ज्ञवालीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

चितवनमा जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर जले

मङ्गलबार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छभने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कपिलवस्तुको वाणगंगामा श्रीमान–श्रीमती मृत फेला

६० वर्षका श्रीमान टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कपिलवस्तु

दोहोरी साँझ, डान्स बार र नाइट क्लबलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एन.आर.एस स्पोर्टस फाउण्डेशनले नि:शुल्क दाेस्रो दाैड प्रशिक्षण सञ्चालन गर्दै

एन.आर.एस स्पोर्टस फाउण्डेशनले निशुल्क दाेस्रो दाैड प्रशिक्षण सञ्चालन गर्दै छ। भाेलि मे २ देखि २७ मेसम्म प्रशिक्षण सञ्चालन गर्न लागेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा ५० प्रतिशत काम पूरा

‘पछिल्लो पाँच महिनामा हामीले एकतर्फी १८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेका छौँ’, उनले भने, ‘२०७५ माघदेखि २०८० असारसम्म एकतर्फी १५ किलोमिटर सडक कालोपत्र भएको थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

मजदुर दिवस कर्मकाण्डी मात्र नबनोस्

मानवीय शक्तिद्वारा जुन काम गरिन्छ, त्यसलाई श्रमिक या मजदुर भनिन्छ । चाहे त्यो काम शारीरिक या बौद्धिक प्रयासबाट काम गर्ने ब्यक्तिलाई श्रमिकको रूपमा बुझ्ने गरिन्छ । अर्को राजनीतिको भाषामा आफनै पुरुषार्थबाट बाँच्ने जनशक्तिलाई सर्वहारावर्ग भन्ने गरिन्छ । 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुन-चाँदीको मूल्य

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिजोग! राप्रपा कि देशकाे?

‘आज अन्तराष्ट्रिय श्रमिक दिवस, श्रमिकहरू लगभग सबैलाई हातमुख जोर्न धौधौ छ – त्यो बिजोग भएन। ६० प्रतिशत नेपाली कृषिकर्ममा छन्। ती पनि श्रमिकै हुन्। अधिकांशलाई हातमुख जोर्न धौधौ छ – त्यो बिजोग भएन’, उपाध्यक्ष मिश्रले भनेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त

लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुरेश गौतम नियुक्त भएका छन्। अर्थमन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बद्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताएका छन्। मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको उल्लेख गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ: प्रधानमन्त्री

‘यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ। उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो’, प्रधानमन्त्रीले भने,’श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम संगठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक: अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिकको हितसँग जोडिएका नीतिगत तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका रमेशकाे मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भन्सार छलीका ८८ लाखकाे सामान बरामद

दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ। यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ