बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको बताएका छन्।
पार्टीको तीनदिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आएका ज्ञवालीले इलाममा वियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रहेछ भन्ने प्रमाणित भएको बताएका हुन्।
उनले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरु र राजा ल्याउँछौँ भन्नेहरुको अवस्था पनि थाहा भएको बताए।
'इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउँछौँ भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्', ज्ञवालीले भने।
उनले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा औँला डुबाएर परीक्षण गर्दा थाहा हुने बताउँदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गरे।
कार्यकर्ताहरुमाझ उनले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनुपर्ने धारणा राखे।
नेता ज्ञवालीले एमालेलाई चुम्बक जस्तो बनाउने बताउँदै 'जसका वरिपरि सबै सक्कली कम्युनिष्टहरु, सक्कली देशभक्तहरु टाँसिन आउने' बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया