मङ्गलबार, १६ सेप्टेम्बर २०२५

आयाेजक जर्मनी युराेकपबाट बाहिरियो, स्पेन सेमिफाइनलमा

स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ। जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडाैँमा बिहानैदेखि वर्षा, चार प्रदेशका केही-केही स्थानमा अतिभारी वर्षाकाे सम्भावना

देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

एसईईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने पाल्पाका विद्यार्थीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ। नगरको नमूना विद्यालय दरैठाँटी माध्यमिक विद्यालयबाट चार जिपिए ल्याइ जिल्लामै उत्कृष्ट हुन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रामपुर

महाभारतमा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ। कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रे

ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद

रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुराको चल्ला बरामद गरेको छ। सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका– ८ कबीर चौक स्थित तस्करले भारतीय बजारबाट लुकाई छिपाई ल्याएको एकलाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

छुम्बी लामा बने क्यानको प्रवक्ता

नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ। क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्रिप्टो कारोबारमा संलग्न भएको अभियोगमा ६ जना पक्राउ

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार विराटनगर महानगरपालिका– १५ स्थित सोहिता कर्णको घरको दोस्रो तला भाडामा लिएर क्रिप्टो कारोबार गरिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। बिहीबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

२३ वर्षपछि संस्कृत विश्वविद्यालय जग्गा विवाद सुल्झिँदै

दाङमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउन भन्दै पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको विश्वविद्यालय सभाका सदस्य एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

राष्ट्रिय महिला क्रिकेट खेलाडी बेगम निलम्बित, यस्ता छन् क्यानको अन्य निर्णय

बन्द प्रशिक्षणका क्रममा अप्सरीले आचारसंहिता उल्लंघन गरी टिमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अशोक राई नेतृत्वको जसपाले फिर्ता लियाे सरकारलाई दिएकाे समर्थन

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ। शुक्रबार बसेकाे पदाधिकारी बैठकले आजकै मितिबाट लागू हुनेगरी सरकारलाई समर्थन फिर्ता लिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ: प्रधानमन्त्री

सो क्रममा प्रधानमन्त्रीले नेपाल प्राकृतिक विपत्तिको उच्च ज‍ोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केन्द्रीय कमिटीबाट हटाइएपछि प्रेम आलेले भने- अब म माधव नेपालको पार्टीमा छैन

'मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईंको पार्टीमा रहँदिन भनेको थिएँ। त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु। अन्य पार्टीमा जानेबारे अहिले सोचेको छैन', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने भएका छन्। संसद सचिवालयलाई पत्र लेख्दै प्रधानमन्त्रीले २८ गतेको संसद बैठकमा विश्वासको मत लिने जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भुइँमा सुत्दा हुन्छन् यस्ता फाइदा

हाे, पहिले हाम्रा पूर्खाहरु भूइँमा नै सत्थे। त्यो सबैलाई थाहा छ। तर, हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे माधव नेपाल

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्। महाधिवेशनमा केन्द्रीय कमिटी घोषणालगत्तै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपा एसले घोषणा गर्‍यो ९३ केन्द्रीय सदस्य

साविक पोलिटब्यूरो ९९ सदस्यीय भए पनि विदेशमा रहेका, शारीरिक रूपमा अशक्त भएकाहरू बाहेक गरी ९३ सदस्य समेटेर केन्द्रीय कमिटी घोषणा गरिएको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ। अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षकाे बजेट शुक्रबारकाे राष्ट्रियसभाबाट बैठकबाट सर्वसम्मत पारित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं