बुधबार, १७ सेप्टेम्बर २०२५

माधव नेपाल एकीकृत समाजवादीकाे अध्यक्षमा सर्वसम्मत (भिडियाे)

एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्षसमेत रहेका नेता सुदेश पराजुलीले महाधिवेशनले नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे बताएका हुन्। ‘सर्वसम्मत, सेन्ट-परसेन्ट, हलकाे अनुमाेदन माधवकुमार नेपालकाे नेतृत्वमा भएकाे छ र अरु विकल्प पनि छैन’, पराजुलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ स्थगित

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए। उनको सुनुवाइ शुक्रबारका लागि तय गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको अस्थिर चरित्रका कारण नयाँ गठबन्धन बन्यो: गगन थापा

कांग्रेस-एमालेको गठबन्धन बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताउँदै उनले चार महिनामै लसपस गर्नुपर्ने कुनै कारण नभएको टिप्पणी गरे। उनले प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेकाेले उनले छिटोभन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठका घर सहरमा सार्न ६ महिना खुल्ला गर्ने, केदार कार्कीले ल्याएको अध्यादेश खारेज गरिने

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि गाउँका घरका काठ स्थानान्तरणका लागि कर तिर्नुपर्नेलगायतका झण्झट थियो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

विश्वकप विजेता भारतीय टाेली स्वदेश फर्कियो

वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो। विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो। आँधीका कारण बारबाडोसका विमानस्थल पुर्णरुपमा बन्द भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अल्पमतमा परेका प्रचण्ड किन चाहँदैनन् राजीनामा दिन?

प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका हुन्। संविधानमा धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले संसदको ठुलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने धारा ७६ को उपधारा ३ मा व्यवस्था रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामा नदिएर के गर्न चाहन्छन् गृहमन्त्री लामिछाने?

नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष राजनीतिक नेतृत्वसँग कनेक्सन भएका बेचन झा पक्राउ परेपछि नेपाली काँग्रेसभित्र तरङ्ग फैलिएको थियो। झा तिनै पात्र हुन्, जसले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेका कतिपय व्यक्तिको निद हराम गर्न सक्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ गठबन्धनबारे छलफल भइरहेककाे छ, छिट्टै बैठक बसेर निर्णय गर्छाैं: जसपा

जसपाका अध्यक्ष अशोक राई अस्वस्थ भएकाे कारणले निर्णय गर्न ढिलाइ भएकाे महासचिव राईले बताए। ‘अध्यक्षज्यू अस्वस्थ हुनुभएकाे कारणले गर्दा निर्णय गर्न ढिलाइ भएकाे हाे। आजै साँझसम्म वा एक/दुई दिनभित्र पदाधिकारी बैठक बसेर नयाँ गठबन्धनबारे निर्णय गर्छाैँ, उनले भने।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निशा डाँगीले भनिन्- महामन्त्रीमाथि कारबाही गर्ने निर्णयमा मैले पनि हस्ताक्षर गरेकी छु

‘सञ्चारमाध्यममा ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले लेखेकी छन्, ‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झारफुकका लागि बोलाएर हत्या, ३ जना पक्राउ

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाँउपालिका वडा नं ५ बस्ने मुख्य योजनाकार ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार र साेही वडाको धर्मपुर बस्ने ४५ वर्षीय महादेव महतो नुनिया रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

प्रचण्डकाे कुरामा लाेभियाे रास्वपा, मन्त्रीहरु राजीनामा नदिइ फर्किए

सरकार ढल्ने निश्चित भएपछि राजीनामा दिन गएका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री प्रचण्डकाे सुझावपछि राजीनामा नदिएर फर्किएका हुन्। प्रधानमन्त्रीले एमालेले समर्थन फिर्ता लिए पनि ३० दिनभित्र विश्वासकाे मत लिनेमा विश्वस्त गराएपछि रास्वपाका मन्त्रीहरु फिर्ता भएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायतमा आज आमनिर्वाचन, १४ वर्षपछि लेबर पार्टीले बहुमत ल्याउने प्रक्षेपण

आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ। निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज पनि

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घनश्यामजी, एसको ‘गाडा’ माधवलाई नै छोडिदिनुस्

घनश्याम भुसाल नेपाल कम्युनिष्ट आन्दोलनमा वैचारिक स्पष्टता, सैद्धान्तिक ज्ञान, र वामपन्थी निष्ठा भएका थोरै नेतामध्ये एक हुन् । तर, अहिलेको नेपाली कम्युनिष्ट राजनीतिमा यस्तो पात्रको काम छैन। ओली र प्रचण्डजस्ता धूर्तहरूको कनिका बिकिरहेको बेला भुसालको चामल बिक्नेवाला छैन। अलि अलि भए पनि नेकपा एस ब्राण्डको ‘लाल चामल’ नेपालले नै बेच्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

काेशी र लुम्बिनीका केही स्थानमा भारी वर्षाकाे सम्भावना

देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले राजीनामा दिँदैछन्। सरकार ढल्ने निश्चित भएपछि उनीहरुले आज (बिहीबार) बिहान सामूहिक राजीनामा दिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उहाँ सरकारमा हुँदा ‘कसरी प्रतिवेदनहरु लुकाइन्छ’ भन्ने देखेर बाेल्न बाध्य भएँ- मुकुल ढकाल

बुधबार पार्टी केन्द्रीय समितिकाे बैठकले सात दिनका लागि निलम्बन गरेसँगै ढकालले पार्टीमा भएका सत्य कुरा बाेल्दा आफूलाई कारबाही गरिएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट निलम्बित

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विराटनगर महानगरद्वारा डेङ्गु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। डेङ्गु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियान सञ्चालन गरेको हो। अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकार भएकाहरुको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई काठमाडौँ महानगरद्वारा जरिवाना

काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’ का उत्पादक कम्पनीलाई रु आठ लाख जरिवाना गराएको छ। कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड भ्यालु धेरै भएको पाएपछि जरिवाना गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ