बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य निशा डाँगीले आफ्नाेबारेमा सञ्चारमाध्यमले भ्रम फैलाएकाे भन्दै आपत्ति जनाएकी छन्।
सञ्चारमाध्यममा ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा प्रकाशित भएकाे समाचारप्रति गम्भीर भएकाे भन्दै उनले आपत्ति जनाएकी हुन्।
‘सञ्चारमाध्यममा ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले लेखेकी छन्, ‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु।’
उनले भ्रामक, तथ्यहीन, कपोलकल्पितरूपमा सिर्जना गरिएको र कुनै सत्यता नरहेको उक्त समाचारप्रति खेद प्रकट गर्दै पत्रकारिताको न्यूनतम मर्यादा कायम राख्न आग्रह गरेकी छन्।
बुधबार सम्पन्न केन्द्रीय समिति बैठकमा रास्वपा सांसदहरुले निलम्बित महामन्त्री मुकुल ढकालकाे प्रतिवेदन र उनकाे कारबाहीकाे विषयमा मत जाहेर गरेका थिए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया