बुधबार, १७ सेप्टेम्बर २०२५

बाढीले बगाएर कैलालीमा एक जनाको मृत्यु

कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको आज मृत्यु भएको छ। काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएका थिए। तत्कालै घटनास्थल पुगेको प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलदेखि १० मिटर तल उहाँको शव फेला पारेको मसुरियास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

महिला भलिबल टोली घोषणा

नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ। टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी गरी १२ सदस्य छनोट भएको नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

हुम्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो

मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ। मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उत्किसकेको छ। विद्यालय र कार्यालय समयमा दैनिक भीडभाड हुने यस चोकमा भित्ता काटेर सडक विस्तार तथा कालोपत्र गरिएको थियो। यहाँ गोलन्जोर कन्स्ट्रक्सनले काम गरेको थियो। असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा समस्या भएको स्थानीय एवं निवर्तमान वडाअध्यक्ष नारायणदास श्रेष्ठले बताए। ‘चाँडै काम सकेर भुक्तानी लिने बहानामा गुणस्तरलाई ध्यान दिइएन छ, त्यसै कारण समस्या भयो। मुख्य चोक (देवकोटा चोक) मै यति धेरै कमसल काम भएपछि अन्य ठाउँको अवस्था के होला ?’, उनले प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति

विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने रु १३ करोडभन्दा बढीको क्षति भएको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र रु १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

जीवनसाथी रोज्दै हुनुहुन्छ? ध्यान दिनुुस् यी कुरा!

बाहिरी लुक्स एकदम आकर्षक भएको व्यक्ति देख्दा जोकोहीले हेर्छन्। मनपराउने गर्छन्, तर आफ्नो लाइफ पार्टनरका रूपमा भने भित्रि गुण नै हेरिने गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकीकृत समाजवादीमा कुन प्रदेशबाट कति केन्द्रीय सदस्य बन्दै छन् ?

नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक गरेको छ। काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नागढुंगा–नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने

जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अल्पमतमा प्रचण्ड सरकार, एमालेले फिर्ता लियाे समर्थन

संसदकाे सबैभन्दा ठुलाे दल नेपाली काँग्रेससँग सत्ता समीकरणकाे सहमति गरेकाे एमालेले नयाँ सरकार निर्माणका लागि बुधबार साँझ समर्थन फिर्ता लिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक किलाे  २४७ ग्राम काेकिनसहित विदेशी नागरिक पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१६ स्थित होटल ग्यालेरीबाट पक्राउ गरेको हो। उनीहरूबाट जुसको बट्टाभित्र कोकिन बरामद गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस-एमालेकाे नयाँ गठबन्धनलाई साथ दिने लोसपाकाे निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस-एमालेको नयाँ गठबन्धनले गणतन्त्रको असफलतालाई प्रमाणित गर्याे: राप्रपा नेपाल

ठूलो तामझाम, आश्वासन र प्रतिबद्धता व्यक्त गर्दै एमाले र माओवादी केन्द्रले गठन गरेको सत्ता गठबन्धनलाई चार महिनामा नै विस्थापित गर्दै नेपाली काँग्रेस र एमालेले नयाँ गठवन्धन निर्माण गर्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेकाे राप्रपा नेपालको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई उच्च प्राथमिकता दिएको छु: प्रधानमन्त्री

बैठकमा प्रधानमन्त्रीले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अख्तियार आयुक्तको घरमा ललितपुर महानगरले चलायाे डाेजर

ललितपुर महानगर–१० चाकुपाटस्थित अमात्यको घरमा महानगरले बुधबार दिउँसो डाेजर लगाएर पर्खाल भत्काएको हाे। गुठीको जग्गा मिचेको र गुठीयारले जग्गा खाली गराउन आग्रह गर्दा पनि अटेर गरेपछि डाेजर चलाइएकाे महानगरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनाङको बाटो सधैँ जोखिमपूर्ण, आवतजावतमा समस्या

मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ। त्यसैले मनाङवासीलाई बाढी-पहिरोको सधैँ त्रास रहन्छ। पर्यटकीय क्षेत्र भएकाले पर्यटकको यहाँ बाह्रैमास आवगमन हुने गर्छ। बाढीपहिराका कारण सडक अवरुद्ध भइरहँदा उनीहरुले सास्ती भोग्नुपर्ने अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

‘काँग्रेस–एमाले मिलेर माओवादी द्वन्द्वपछि प्राप्त उपलब्धि नामेट पार्ने चलखेल हुँदैछ’

‘अहिले संविधान संशोधन गर्ने कुरा उठेको छ। जुन पक्षगमन र प्रतिगमनको बाटो हो’, उनले भने, ‘यो संविधान जग भनेको वृहत शान्ति सम्झौताको जग हो। संविधान संशोधन गरेर दुई दलले शान्ति प्रक्रियापछि भएका उपलब्धिलाई उल्ट्याउने प्रयास भइरेको देखिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि हट्दैन: केपी ओली

मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठुला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको सचिवमा नियुक्त अधिकारीले लिए शपथ

प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई महामन्त्री ढकालको प्रश्न- बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ?

अरुले बोलेका कुराहरू मलाई मतलव छैन, मलाई तपाईंले बोलेका कुराहरु मतलव छन्। हिजो किन बोल्नु भयो? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो। रिजल्ट चाहियो। र अनुरोध छ, अबका दिनमा काम गरेपछी मात्र बोल्नु होला।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं