बिएल संवाददाता
कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको आज मृत्यु भएको छ। काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएका थिए।
तत्कालै घटनास्थल पुगेको प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलदेखि १० मिटर तल उहाँको शव फेला पारेको मसुरियास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश सरकार, प्रदेश आपत्कालीन सञ्चालन केन्द्रका अनुसार वर्षासँगै नदी तथा खोलामा बढेको पानीको बहावका कारण कैलालीको घोडाघोडी नगरपालिकाको चुड्डीकाँडा नदीको काठेपुल, र डोडा नदीको काठे पुल बगाएको छ। पुल बगाउँदा आवागमन बन्द भएको छ।
वर्षासँगै भजनी नगरपालिका, कैलारी गाउँपालिका क्षेत्रमा बाढी बस्तीमा पसेपछि १५ घरपरिवार विस्थापित भएका छन्। विस्थापित परिवार नजिकैको अग्लो स्थानमा रहेको आफन्तको घरमा आश्रय लिएर बसेका छन्।
धनगढी उपमहानगरपालिकाको शिवनगर, वसन्त टोललगायत बस्ती जलमग्न भई कतिपय परिवारको घरमा पानी पसेको छ। वर्षासँगैको डुबानले जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभागका बस्ती प्रभावित भएका छन्।
अविरलको वर्षापछि जिल्लाका मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया