बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताएका छन्।
पार्टीकाे दशाैँ राष्ट्रिय महाधिवेशनमा समेत उपस्थित नभएका आलेले शुक्रबार आफू पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन्।
असार १६ गतेदेखि सुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने बताए।
'मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईंको पार्टीमा रहँदिन भनेको थिएँ। त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु। अन्य पार्टीमा जानेबारे अहिले सोचेको छैन', उनले भने।
आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताए। उनले भने, 'म त तीनपटक लगातार निर्वाचित सांसद हुँ।'
एकीकृत समाजवादीले शुक्रबार सार्वजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन। आफूलाई केन्द्रीय कमिटीबाट हटाएपछि उनले अब त्यो पार्टीमा नरहेकाे बताएका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया