बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताएका छन्।
पार्टीकाे दशाैँ राष्ट्रिय महाधिवेशनमा समेत उपस्थित नभएका आलेले शुक्रबार आफू पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन्।
असार १६ गतेदेखि सुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने बताए।
'मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईंको पार्टीमा रहँदिन भनेको थिएँ। त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु। अन्य पार्टीमा जानेबारे अहिले सोचेको छैन', उनले भने।
आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताए। उनले भने, 'म त तीनपटक लगातार निर्वाचित सांसद हुँ।'
एकीकृत समाजवादीले शुक्रबार सार्वजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन। आफूलाई केन्द्रीय कमिटीबाट हटाएपछि उनले अब त्यो पार्टीमा नरहेकाे बताएका हुन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया