बिएल संवाददाता
स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ। जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
स्पेनको जितमा डानी ओल्मो र मिकेल मेरिनोले एक-एक गोल गरेका थिए। खेलको ५१औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ८९औँ मिनेटमा जर्मनीका लागि फ्लोरियन विर्त्जले बराबरी गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। त्यसपछि खेलको ११९औं मिनेटमा स्पेनका लागि मेरिनोले गोल गरे र स्पेनलाई विजयी बनाए।
यस खेलमा स्पेनका डानी कर्भाजलले खेलको १२०औँ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदान छोडेका थिए।
अब स्पेनले सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको विजयी देशसँग खेल्ने छ। यो हारसँगै जर्मनीको युरोकप यात्रा सकिएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया