बिएल संवाददाता
स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ। जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
स्पेनको जितमा डानी ओल्मो र मिकेल मेरिनोले एक-एक गोल गरेका थिए। खेलको ५१औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ८९औँ मिनेटमा जर्मनीका लागि फ्लोरियन विर्त्जले बराबरी गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। त्यसपछि खेलको ११९औं मिनेटमा स्पेनका लागि मेरिनोले गोल गरे र स्पेनलाई विजयी बनाए।
यस खेलमा स्पेनका डानी कर्भाजलले खेलको १२०औँ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदान छोडेका थिए।
अब स्पेनले सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको विजयी देशसँग खेल्ने छ। यो हारसँगै जर्मनीको युरोकप यात्रा सकिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया