सोमबार, १५ सेप्टेम्बर २०२५

पोखरामा स्कुल बस दुर्घटना अपडेटः आमाछोराको मृत्यु, २८ जना घाइते

सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ मा ग १ क ६२१९ नं. को स्कुल बस दुर्घटना हुँदा घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टीआरसी विधेयक: कार्यदलको बैठक बिहीबार फेरि बस्ने

उनले भने, 'मुल ऐन, विधेयक र उपसमितिकाे प्रतिवेदन हेर्ने कुरा भएको छ। त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको छ। सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ,' उनले भने। अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रित गर्ने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेटलाई ‘दोस्रो मस्तिष्क’ पनि मानिन्छ – डा. उप्रेती

जुनसुकै स्वस्थ खानाले मुटु, मिर्गौला, पेट स्वस्थ राख्न मद्दत गर्छ। स्वास्थ्यकर भोजन गरिए मुटु, मिर्गौला, मन र मस्तिष्क स्वस्थ हुन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो सुनको मूल्य, ताेलामा कति?

आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिस माल्टा नेपालमा, ढाका टोपी र पञ्चेबाजाले स्वागत (भिडियो)

नेपाल भ्रमणका लागि मिस माल्टा चेरिस स्पीटेरी सोमबार काठमाडौँ आइपुगेकी छन्। सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनी अवतरण गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पाेखरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीकाे मृत्यु

सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा बालिकाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिस माल्टा चेरिस काठमाडाैँमा

उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्टन बोर्डको अगुवाइमा स्वागत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पोखरामा विद्यार्थीबोकेको बस दुर्घटना

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ। सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनामा परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

प्रतिनिधिसभा बैठक बस्दै, दुई मन्त्रीले जवाफ दिने कार्यसूची

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित आयुक्त प्रधानबारे निर्णय लिने

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ। पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन्। भने, उनले उजुरी पनि दिएकी थिइन्। सुनुवाइका क्रममा प्रधानले महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँमा तीन जनामा हैजा

जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तिमरुप दिन कार्यदलको बैठक बस्दै

संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज (साेमबार) बस्ने भएको छ। बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहान ८ बजे बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दिउँसाे मध्यम राति भारी वर्षाकाे सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

पहिराका कारणले अवरुद्ध भएको कर्णाली राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। उक्त पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कालिकोट

कैलालीमा थप दुई जनामा हैजा पुष्टि

कैलालीमा थप दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन्। योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ। यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

धरापमा परेर गैँडा मरेपछि चार जना पक्राउ

बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ। भरतपुर महानगरपालिका–२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ। चारैतिर अग्लाअग्ला लेक र धार्मिक रूपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो।  पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रूपमा रहेको कालीकोट महावै गाउँपालिका–४ ओदानकुका रजबहादुर शाहीले बताए। कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

कसरी डेंगी, हैजा र पोलियोको ‘इपिसेन्टर’ बन्दैछ काठमाडौँ उपत्यका?

नेपालमा पटक पटक विभिन्न क्षेत्रमा हैजाको संक्रमण फैलिइरहेको हुन्छ। त्यसमा पनि काठमाडौँ उपत्यका हैजाको सबैभन्दा बढी जोखिममा रहेको स्थान हो। करिब २ सय वर्षअघि अर्थात् सन् १८२३ मा नेपालमा पहिलोपटक हैजा पुष्टि भएको थियो। त्यसयता काठमाडौँमा ५ पटक हैजाको प्रकोप फैलिइसकेको छ। एउटा अध्ययनअनुसार एउटै ठाउँमा हैजाको प्रकोप २० देखि ३० वर्षको बीचमा महामारीकै रुपमा फैलिनसक्ने देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ। वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए। उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन। रेसुङ्गा‐काठमाडौँ र काठमाडौँ‐रेसुङ्गाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ