सोमबार, १५ सेप्टेम्बर २०२५

५० हजार धरौटीमा छुटे भ्रष्टाचार मुद्धामा निलम्बित मुख्यसचिव अर्याल

भ्रष्टाचार मुद्धामा निलम्बित भएका मुख्यसचिव वैकुण्ठ अर्याल ५० हजार धरौटीमा छुटेका छन्। आइतबार विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई ५० हजार धरौटी माग गर्दै रिहा गर्न भनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राजा-महाराजाविरुद्ध गरिएका सबै आन्दाेलन गलत साबित भए: त्रिलाेकबहादुर चन्द (भिडियाे-अन्तर्वार्ता)

अधिवक्ता चन्दले बिएलकर्मी सुशील नेपालीसँगकाे अन्तर्वार्ताका क्रममा अहिले राज्य सत्तामा रहेका नेताहरु भ्रष्टाचारी, बिलासी, स्वार्थी र लाेभी भएकाे भन्दै उनीहरुकै कारण आजसम्म भएका राजा-महाराजविरुद्धका सबै आन्दाेलन लगत साबित भएकाे दाबी गरेका हुन्। उनले अहिलेकाे व्यवस्था फेल भएकाे प्रमाणित गिजाेलिएकाे टिआरसी विधेयकबाट हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने विषयलाई मैले नै उठाएको हुँः शेखर कोइराला

कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सँधै साना–साना २/४ सिट भएका दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

आइतबार न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे हाे। अदालतले उनलाई अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाेखरामा सार्वजनिक यातायात ठप्प, दिनभर तनावग्रस्त

यसअघि बिहीबार महासंघले प्रदेश सरकारलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको थियो। जसमा दुईपांग्रे र चारपांग्रे निजी (रातो प्लेट) का साधनलाई यात्रु ओसोरपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, सडक सुरक्षा योजना लागू गर्नुपर्ने, यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने लगायत माग समेटिएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

०८४ को निर्वाचन जित्ने उद्देश्यले लड्छाैं: प्रचण्ड

सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउँदै संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने अवसर प्राप्त भएको बताउँदै उनले भने, ‘माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण अवसर मिलेकाे छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिशूलीमा हराएकाे बस नभेटिपछि फर्कियाे भारतीय टाेली

असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते नेपाल आएकाे १२ जनाको भारतीय टोलीले अत्याधुनिक सोनार क्यामेरा लगायतका उपकरणसहित खोजी कार्य सुरु गरेको थियो। तर शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

०८४ मा एक्लै चुनाव लड्छौँ र जित्छौँ: प्रचण्ड

‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डिजिटल भुक्तानीकाे विश्वास जोगाइराख्न चुनौती देखियाे: ईश्वरी जीएम

‘नेपाल राष्ट्र बैंकले २०८१ जेठ २१ गते सूचना जारी गरेर सजिलो पे र पे वेलको सम्पूर्ण बैंक खाताहरु रोक्का गर्यो। यी वालेटहरुले गरेको हुण्डी कारोबारको सम्बन्ध राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते बरामद गरेको ६० किलो ७ सय १६ ग्राम अवैध सुनसँग जोडिएको छ। यीनै कम्पनीमार्फत अवैध सुनको रकम भुक्तानी गरेको भेटिएको थियो’ सांसद जीएमले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सौर्य एयरलाइन्सकाे दुर्घटनामा कुन प्रकारको छानबिन समिति बनाइएको हो?’ (भिडियाे)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा सांसदकाे प्रश्न- डिआइजी मनोज केसीलाई के उदेश्यका लागि सरुवा गरियो? (भिडियाे)

‘विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो? दुई दिनभित्रमा किन र के कारण, के उदेश्यका लागि सरुवा गरिएको हो। यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भोलि, यस्ताे छ एजेण्डा

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

असुरक्षित बन्दै जनकपुर-जयनगर रेल

नेपालको पहिचानसमेत जोडिने यस क्षेत्रको रेल्वे ट्रयाक आसपासका बस्तीहरुमा सुरक्षा संयन्त्र र उपकरण जडान हुन जरुरी छ। खासगरी ट्राफिक अलर्ट बत्तीहरु र साइरनको उचित प्रबन्ध गरिनुपर्ने देखिन्छ। खासगरी मानव बस्ती आसपासका क्षेत्रहरुमा रहेको लिक, स्टेशन र क्रसिङ्गमा ट्राफिक तथा अन्य सुरक्षा व्यवस्था मजवुत छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय जरुरी छ: गृहमन्त्री लेखक

‘अत्यधिक संख्यामा कैदीबन्दी रहेको समस्या देशभरिकै छ। भौतिक संरचनाको राम्रो विषय उठाउनुभएको छ,’ मन्त्री लेखकले भने, ‘भौतिक संरचनामा सुधार गर्न आवश्यक छ।’ उनले यस्तै बालसुधार गृहमा पनि ठाउँको अभाव छ। भौतिक संरचनाको अभाव देखिएको उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफूमाथि गरिएकाे कारबाही कार्यान्वयन नगर्न भन्दै मुकुलले दिए आयोगमा निवेदन

डा. मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रौतहटमा दलित बालिकामाथि सामूहिक बलात्कार, प्रहरीको सक्रियतामा २२ दिनपछि मुद्धा दर्ता

घटनापछि केही स्थानिय जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेको कारण घटनाको २२ दिनपछि मात्र मुदा दर्ता भएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

कोशीमा काँग्रेस-एमालेबीच केन्द्रकै मोडलमा सहमति

काठमाडौँमै भएको बैठकले केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्की नै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सेयर बजारमा दोस्रो सर्किट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ। आइतबारको कारोबार सुरु भएको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं