सोमबार, १५ सेप्टेम्बर २०२५

सेयर बजारमा दोस्रो सर्किट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ। आइतबारको कारोबार सुरु भएको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो सुनचाँदीको मूल्य

शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिमलताल दुर्घटना: बस र यात्रुको अवस्था अझै अज्ञात, भारतीय टोली फर्किँदै

बस बेपत्ता भएको आज १७ दिन पुगेको छ। नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

गोरखामा लेदोसहितको पहिरोमा पाँच जना बेपत्ता, दुई जनाको उद्धार

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा लेदो सहितको पहिरो जाँदा एकै पाँच जना बेपत्ता भएका छन्। शनिबार रातिको पहिरोमा कान्छी गुरूङ, जीतबहादुर गुरूङ, रमेश गुरूङ, सुलाल गुरूङ र रमेश परियार बेपत्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हेपटाइटिस: जाेखिम उच्च, राेकथाममा राज्यकाे चासाे कम

दुर्व्यसनीका कारण युवाहरुमा हेपाटाइसिस ‘सी’को जोखिम बढ्दो र टाटु लगाउने चलन र शरीरका जथाभावी कुन्डल अर्थात् मुन्द्री लगाउने चलनले ‘बी’ र ‘सी’को जोखिम बढ्दो क्रममा रहेको डा. श्रेष्ठ बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै,यस्ताे छ सम्भावित कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेरिस ओलम्पिक: पहिलो खेलमा हारे प्रिन्स दाहाल

शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन्। भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए। भने दोस्रो सेट २१-६ ले जितेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेरिस ओलम्पिक: अहिलेसम्म २० देशले जिते पदक

जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन्। शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन्। भने, कूल २० देशले पदक जितेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दिउँसाे मध्यम, राति भारी वर्षाकाे सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जसपा नेपाल केन्द्रीय समितिको बैठक साउन २७ गतेदेखि

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक यही साउनको अन्तिम साता बस्ने भएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आज बैठक सम्बन्धमा विज्ञप्तिमार्फत जानकारी दिँदै साउन २७, २८, २९ र ३० गते बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधन’

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताए। बयालिसौँ बीपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले यहाँ आयोजना गरेको बिपी स्मृति सभामा उनले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार सबैको सहमतिमा संविधान संशोधन अगाडि बढाइने बताए। नेता निधिले सत्ता गठबन्धनले सङ्घीयता, प्रदेश संरचना र समानुपातिक व्यवस्थालाई कमजोर बनाउँछन् भनेर चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरे। उनले संविधान संशोधनभन्दा पहिले प्रदेश कानुन बनाउन अत्यावश्यक रहेको समेत चर्चा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

योजना सञ्चालनमा ढिलाइ नगर्न मधेसका मुख्यमन्त्रीको निर्देशन

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार सञ्चालन भइरहँदा विगतमा भएका त्रुटि तथा कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताएका छन्। मधेस शिक्षा तथा संस्कृति मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री सिंहले चालु आवमा समयमै अख्तियारी पठाइएकाले योजना सञ्चालनमा ढिलाइ नगर्न मन्त्रालयका सचिवसहितका कर्मचारीलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री सिंहले भने- 'तपाईँहरू काम गर्नुहोस्, कामका लागि वातावरण बनाउने जिम्मा मेरो छ।' तर, काममा ढिलासुस्ती सह्य नहुने प्रस्ट्याउँदै मुख्यमन्त्री सिंहले मधेस प्रदेशलाई विकासको मार्गमा अघि बढाउने जिम्मेवारी कर्मचारीमा रहेकाले दत्तचित्त भएर नतिजामुखी कार्य गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फोहोरबाट आम्दानी गर्ने योजना बनाउँदै व्यास नगरपालिका

तनहुँको व्यास नगरपालिकाले खेर गइरहेको फोहोर व्यवस्थापनबाट आम्दानी गर्ने योजना अघि बढाएको छ। पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरेर बिक्री वितरण गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ। वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख नवराज कँडेलले विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री वितरणको तयारी गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ: आचार्य

नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसभित्र गुट–उपगुट हाबी हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताएका छन्। प्रजातान्त्रिक विचार समाज चितवनले आज यहाँ आयोजना गरेको २५ औँ साधारणसभा तथा वैचारिक कार्यक्रममा उहाँले पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन जरुरी रहेको बताए। उनले भने, “प्रजातान्त्रिक विचार समाजले कांग्रेसलाई सुधार गर्न लाग्नुपर्छ।” अहिले कांग्रेस–कम्युनिष्टहरूसँग नजिकिँदा यो अवस्था आएको भन्दै उनले अब कांग्रेसलाई सुधारको बाटोमा लैजान आवश्यक रहेको बताए। आम जनताको गुनासो सुन्दै कांग्रेस सुधार गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साताका २१ तस्बिर: राेइरहेकाे नेपालदेखि डुबिरहेकाे मेरिकिना सिटीसम्म

साताकाे मध्यतिर नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भयाे। जसबाट सिंगाे नेपाल दुखी छ। भने, संसारभर तरङ्ग। त्यस्तै याे साताबाट पेरिस ओलम्पिक- २०२४ सुरु भयाे। जसका दृश्यहरु चर्चामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्री न्याैपानेलाई देउवाकाे बधाई, क्रियाशील बनेर काम गर्न गगन थापाकाे सुझाव

शनिबार मन्त्री न्यौपानेले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा भेट गरेका थिए। भेटका क्रममा सभापति देउवाले सरकारका कामकारबाही चुस्त रुपमा गर्न सुझाव दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सौर्य एयरलाइन्सको विमान दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

नेपाल प्रहरीकाअनुसार दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मलाई एमालेभित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता छ- प्रचण्ड

शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको बताउँदै उनीहरुलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं