सोमबार, १५ सेप्टेम्बर २०२५

सौर्य एयरलाइन्सको विमान दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

नेपाल प्रहरीकाअनुसार दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मलाई एमालेभित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता छ- प्रचण्ड

शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको बताउँदै उनीहरुलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शैक्षिक क्यालेण्डर लागू नहुुनुको प्रमुख कारण दलीय प्रभाव हो: शिक्षामन्त्री

नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयहरुलाई राजनीतिक प्रभावबाट मुक्त गर्न विश्वविद्यालयलाई नीतिसँग जोड्न आवश्यक रहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

चीनका १९ वर्षीय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउँदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजासम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ। शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकी राष्ट्रपतिको चर्चामा रहेकी ‘कमला ह्यारिस’ को हुन्?

ह्यारिसको राष्ट्रपतिको बोली सुरु भएको एक वर्ष भन्दा कम समय पछि समाप्त भयो। तर कमला ह्यारिसलाई आफ्नो रनिङ मेट ‘उपराष्ट्रपतिको उम्मेदवार’को रूपमा छानेर जो बाइडेनले उनलाई फेरि अमेरिकी राजनीतिको अगाडि ल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयोः महामन्त्री शर्मा

शनिबार राजधानी काठमाडौंमा भएको मानव अधिकार संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भएपनि कार्यान्वयनमा नआएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमतीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज (शनिबार) हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैँडा

कांग्रेस बदनाम हुनथाल्यो: सुजाता कोइराला

शनिबार काठमाडौंमा आयोजित ४२औं बिपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री कोइरालाले पुर्खाहरुले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बद्नाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन्। जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ। गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए। भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ। उनले भने, “डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ।” सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए। उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उनले बताए। यार्सा निकासीका लागि प्रतिकिलो रु ५१ हजार दस्तुर लिने गरिएको छ। निकासी गरिएको दस्तुर रु ५१ हजारमध्येबाट रु १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा रु १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

‘सबैखाले हेपाटाइटिसको उपचार नेपालमै सम्भव छ’

हेपाटाइटिसका बारेमा मानिसहरु धेरै जानकार छैनन्। चासोको विषय पनि ठानिरहेका छैनन्। सरकार पनि यसबारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन्। तर कम विकसित मुलुकहरुमा ढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरु कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन्। खासगरी बर्खायाममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’ जसलाई साधारण भाषामा जन्डिस भनेर बुझ्छौँ। जन्डिसको समस्या विशेषगरी बर्खायाम बढी देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ। भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

महिला एसिया कपः फाइनलमा भारत र श्रीलंकाको भिडन्त

एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा पक्का भएको छ। शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शनिबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कैलालीमा अझै हटेन पशु चौपाया छाड्ने प्रवृत्ति

कैलालीमा पशु चौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन। पशु चौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै छ। यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ। पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशु चौपायाको स्याहारसुसार गर्ने र काम नलाग्ने भएपछि जथाभाबी छाडने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताए। “काम नलाग्ने भएपछि छाडा छाड्ने गाई गोरुका कारण बजारमा सडक दुर्घटनाको जोखिम बढेको छ। धनगढीको छ लेन सडकमा दैनिकजसो एक/दुई गाई गोरु गाडीसँग ठोक्किएर मरेकै हुन्छन्। हाम्रो संस्थाले एक सयभन्दा बढी पशुको त उपचार गरिसकेका छौँ”, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

माछा मार्ने क्रममा पानीमा डुबेर एक पुरुषको मृत्यु

झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

भेडेटारमा स्काइ टावर

भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ। बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ल्याइएको हो।  टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा