बिएल संवाददाता
एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा पक्का भएको छ।
शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो।
यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपटको फाइनलमा नवौं पटक पुगिसकेको छ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको बंगालदेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा बिना विकेट भेट्टाएको हो।
भारतका स्मृति मन्धनाले ५५ रनको शानदार अर्धशतक बनाइन भने सफाली वर्माले २६ रन जोडिन्।
यता प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफानलमा भने श्रीलंकाले कठिन जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको पाकिस्तानले मात्र ४ विकेटको क्षतिमा दिएको १४१ रनको चुनौती एक बल बाँकी हुँदा श्रीलंकाले ७ विकेटको क्षतिमा १४१ रन बनाउँदै भेट्टाएको हो।
आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ। यो खेल आइतबार दिउँसो ३ः१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया