
सर्लाहीका दुईजना नक्कली नोटसहित पक्राउ
रौतहटमा नेपाली हजारको नक्कली नोटसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बिएल संवाददाता - रौतहट