सोमबार, १५ सेप्टेम्बर २०२५

कोशी प्रदेशमा मन्त्री छान्न कांग्रेसलाई सकस, बन्याे मापदण्ड

नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ। आकांक्षी धेरै भएपछि कांग्रेसलाई मन्त्री छान्न सकस भएकाे हाे। विराटनगरमा बसेको काँग्रेस कोशी प्रदेश समितिको बैठकले मन्त्री छनौटको लागि मापदण्ड बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

संसद भवन निर्माणको कामलाई तीव्रता दिन मन्त्री सिंहकाे निर्देशन

मन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले आगामी  हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्न मिल्ने गरी कामलाई तीव्रता दिनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी पदाधिकारी बैठकमा प्रचण्डले जवाफ दिँदै

केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो। आज बैठकमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव बेचबिखनका केसहरु लुकाउने प्रवृत्ति बढिरहेको छ: गौतम मिश्र (अन्तर्वार्ता)

अहिले वैदेशिक रोजगारीको नाममा विभिन्न ठगहरु देखा परे। ठग र तस्करीको सञ्जाल बनाउने भए। यिनिहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सञ्जाल बनाइसकेपछि फ्रि भिजा फ्रि टिकट भनेर हाम्रा चेलीहरुलाई विशेषगरी खाडी मुलुकमा लगेर घरेलु कामदारका रुपमा मानव बेचबिखन गर्ने गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेरिस ओलम्पिकः प्रिन्सको लगातार दोस्राे हार

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन्।  फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे।  गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो। पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्राे सेट जित्न १८ मिनेट खर्चे।

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ।  आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ। मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

‘पेरिस ओलम्पिक’मा कण्डमै–कण्डम

फ्रान्समा जारी ‘पेरिस ओलम्पिक’मा खेल र खेलाडीहरूलाई उछिन्दै ‘कण्डम’ले ब्यापक चर्चा पाइरहेको छ। खेलकुदको महाकुम्भ मानिने ‘गृष्मकालीन ओलम्पिक–२०२४’मा आयोजकले १४ हजारभन्दा बढी खेलाडीहरूलाई ३० हजार कण्डम उपलब्ध गराएको छ। पेरिस ओलम्पिकमा खेलाडीहरूलाई निःशुल्क कण्डम उपलब्ध गराएपछि सामाजिक सञ्जालमा आलोचना र चर्चा चलिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

ताप्लेजुङ जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ।  गत वर्ष आर्थिक वर्ष २०८०–८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६  याक मारिदिएको थियो।  कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे  शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०–८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको  खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ। सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ। बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम रु तीन करोड ९८ लाख ९७ हजार सात सय ४८ रहेको छभने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम रु आठ करोड ३४ लाख ५९ हजार छ सय ७० रकम बक्यौता कायमै छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

आज साउन १५, खिर खाएर मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।  साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा   हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जानकी आँखा अस्पतालमा सेवा सुरु

विवादका कारण केही दिनदेखि बन्द रहेको जनकपुरधामस्थित  जानकी आँखा अस्पतालमा सेवा सुरु गरिएको छ।  मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह तथा राज्यमन्त्री केशव रायको समन्वयमा व्यवस्थापन पक्ष तथा आन्दोलनरत कर्मचारीसहित केही दिनदेखि भएको छलफल तथा बैठकपछि सेवा सञ्चालनमा आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोद यादवले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपद‍्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‍्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन्। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद‍्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ। चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेका नेपाल पन्छीविद् सङ्घले जनाएको छ।  नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा.तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी र्दिए। स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata)रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

गण्डकी प्रदेश प्रमुखमा राेल्पाका कृष्णबहादुर घर्तीमगर

गण्डकीको नयाँ प्रदेश प्रमुखमा राेल्पाका कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पदमुक्त गरिएसँगै साेमबार नयाँ प्रदेश प्रमुखमा घर्तीमगरलाई नियुक्त गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा

मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ। बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन्। अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन्। लिम्बूलगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको नयाँ प्रजातिको माछा फेला पारेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

पाथीभरामा ८ करोड भेटी मौज्दात

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो। पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु आठ करोड १३ लाख ७९ हजार तीन सय ६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ। समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

पार्टी शुद्धीकरण गर्ने र जनतामा जाने माओवादीको निष्कर्ष

विगत चार दिनदेखि बस्दै आएको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी शुद्धीकरण गर्ने र जनताको माझ जाने निचोडमा पुगेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। बैठक भने अझै भोलिसम्म जारी नै रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं