बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले आफ्नो वर्ग र जनतामा जाने निष्कर्ष निकालेको छ।
विगत चार दिनदेखि बस्दै आएको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी शुद्धीकरण गर्ने र जनताको माझ जाने निचोडमा पुगेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। बैठक भने अझै भोलिसम्म जारी नै रहने छ।
उनले भने, ‘पार्टी निमार्णमा सबैभन्दा पहिला पार्टी शुद्धीकरणमा जोड दिनुपर्यो, शुद्धीकरणकाे माध्यमबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्छ र जनतामा जानुपर्यो। जनतामा पनि कहाँ भन्दा हाम्रो वर्गमा, अहिले हामी सबैको साझा निष्कर्ष के छ भन्दा पार्टी खुम्चिँदै गएको छ, यसको पछाडिको मुख्य कारण हामीले हाम्रो वर्गसँगको सम्बन्ध राम्रो बनाउन सकेनौँ। वर्गीय कडि टुटेको जस्तो, वर्गीय दृष्टिकोण पनि धमिलो भएको जस्तो देखिएको हुनाले यसबारेमा हाम्रो बढी छलफल भएको छ।’
आजसम्म आईपुग्दा बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया