शनिबार, २३ अगस्ट २०२५

मिस माल्टा नेपालमा, ढाका टोपी र पञ्चेबाजाले स्वागत (भिडियो)

News Image
• • •

नेपाल भ्रमणका लागि मिस माल्टा चेरिस स्पीटेरी सोमबार काठमाडौँ आइपुगेकी छन्। सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनी अवतरण गरिन्। 

उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा न्यानो आतिथ्यता प्रदान गरियो। नेपाल पर्यटन बोर्ड र एनआरएनए माल्टाको अगुवाइमा स्वागत गरियो। 

मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका बताए। उनीहरूको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ।  

नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकैबीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। 

टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरू केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन्। 

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन्। 

भिडियो–

यस्तै उनीहरू मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ। साथै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने र नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता सोम सापकोटाले जानकारी दिए।

मिस माल्टामा कोरियोग्राफरका रुपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन्।उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो दिएको र पछि माल्टाका लागि नेपालको पर्यटन दूत भण्डारी, एनआरएनए माल्टाका रेम्स खनाललगाएतको पहलमा अहिले नेपाल भ्रमण गराइएको हो। 

टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किनेछ। मिस माल्टालाई स्वागत गर्न एनआरएनए माल्टाका रेम्स खनाल,एनआरएनए अभियन्ता सोम सापकोटालगायत विमानस्थलमा सहभागी भएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!