शनिबार, १३ सेप्टेम्बर २०२५

सामान्य अंकले बढ्याे नेप्से, कारोबार भने घट्याे

आज ३२६ कम्पनीको तीन करोड ५० लाख ७ जार ३९ कित्ता शेयर एक लाख ६८ हजार १७५ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो। बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए। त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औँ मिनेटमा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंखमुल हत्या प्रकरण: दुई दिनपछि एक जना पक्राउ

काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले एमकेलाई आज (बुधबार) डेराबाटै पक्राउ गरिएको जानकारी दिए। एमकेले सोमबार राति ४१ वर्षीय रुपक बान्तवालाई रड प्रहार गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको भन्दै रास्वपाको आपत्ति

मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा पेश गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयक सभामुखबाट प्रमाणित

सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणित गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बच्चन परिवारलाई एकसाथ देखिएपछि...

भलै, ऐश्वर्यालाई लिएर अभिषेकले केही समयअघि मात्रै आफ्नो गुपचुप तोडेका थिए। उनले दाबी गरेका थिए कि उनीहरूको डिर्भोस भएको छैन। त्यसपछि उनीहरूलाई लिएर फैलिरहेको अफवाहले झनै चर्चा पाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुनै हालतमा लक्ष्यअनुसार राजश्व बढाउनुपर्छ: गृहमन्त्री लेखक

राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सारहरु सञ्चालनमा ल्याउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो। ‘भन्सार एकदक कम भए। मान्छेलाई पहिला भन्सार तिर्नका लागि उत्प्रेरित गर्नुपर्यो। त्यसपछि चोरी पैठारी नियन्त्रण गर्नुपर्यो। सशस्त्र द्धन्द्धको बेलामा हामीले साना भन्सारहरु ठूला भन्सारमा मिलायौं। तीनलाई यथास्थानमा स्थापित गरिदिऔं,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला सुनाइँदै

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता ‘अनकम्फर्टेबल’को प्रश्न ?

सत्ता साझेदार मुख्य घटक एमाले र काँग्रेसबीच के साँच्चिकै अनकम्फर्टेबलको माहोल बढ्दै गएको होला त? सम्बन्धित दलरुबाट यसको सार्वजनिक प्रतिक्रिया आएका छैनन्। तर कतिपय अनौपचारिक सन्दर्भमा प्रधानमन्त्री ओलीको रेस्पोन्स काँग्रेसलाई कम्फर्टेबल नभएको चर्चा छ। तर समीकरण फेरबदलकै तहमा समस्या आइनपरेको काँग्रेसको बुझाई देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मायावी’ कात्तिक १५ गते रिलिज हुने

निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए। फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन्। लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब १० लाखकाे प्रलोभन देखाइ भारत पुर्‍याएर मिर्गौला झिकियाे...

‘शरीरमा दुई वटा मिर्गौला हुने भएकाले एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्छ, केही समस्या हुँदैन, मिर्गौला दिएमा धर्म हुन्छ भनेर फकाएका थिए,’ रानाले भने, ‘उता पुगेपछि जबरजस्ती झिकेको खुल्न आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बद्री केसीविरुद्ध बेलायतमा प्रदर्शन, आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर्न माग

यस्तै लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालविरुद्ध पनि नाराबाजी भएको बताइएको छ। अल्डरसटमा एउटा समूहले गरेको एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर समर्थक १२ जना युवाहरुले केसी र खनालविरुद्धसमेत नाराबाजी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीको ३० वर्षे सेवा अवधि: अन्तरिम आदेश रद्द गर्न गृहको निवेदन

गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालय मार्फत सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गराएको गृहमन्त्रालय कानुन महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ यू–२० च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै  दुबै देश फाइनलमा पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यी हुन् नेकपा एसका निर्वाचित पदाधिकारी (सूचीसहित)

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पदाधिकारीहरु: अध्यक्ष:  १.माधवकुमार नेपाल सम्मानित नेता:  २. झलनाथ खनाल वरिष्ठ उपाध्यक्ष:  ३. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत) उपाध्यक्षहरु  ४. जयन्ती राइ (पूर्वउपाध्यक्ष) ५. धर्मनाथ शाह (पूर्वउपाध्यक्ष) ६. प्रकाश ज्वाला (पूर्वउपमहासचिव) ७. जगन्नाथ खतिवडा (पूर्वउपमहासचिव) ८. गंगालाल तुलाधर (पूर्वउपमहासचिव) ९. भानुभक्त जोशी  महासचिव:  १०. घनश्याम भुसाल उपमहासचिव   ११.  गरिमा शाह (निवर्तमान सचिव) १२.  राजेन्द्र राई (निवर्तमान सचिव) १३.  मेटमणि चौधरी  १४.  रामकुमार भट्टराई  समावेशी सचिव       १५. क. बलदेव चौधरी  १६. क. गणेश विक  खुला सचिव १७.  शेरबहादुर कुँवर  १८. चन्द्र बहादुर शाही  १८. सोम प्रसाद पाण्डे  १९. सावित्री भुसाल  २०. श्रीनाथ बराल

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेकपा एसका पदाधिकारी: रामकुमारी पराजित, मेटमणिको ‘सर्वाधिक’ मत

झाक्रीले महिला उपाध्यक्षका लागि उम्मेदवारी दिएकी थिइन्। उनलाई पराजित गर्दै नेकपा एकीकृतकी जयन्ती राई महिला उपाध्यक्ष भएकी छिन्। उपमहासचिवका लागि मेटमणि चौधरीले पाएको १५८ मत अरु प्रतिस्पर्धीभन्दा धेरै हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको रु आठ लाख ५० हजारभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी