बिएल संवाददाता
साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। एन्फा मैदानमा आज दिउँसो साढे २ बजे सुरु हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो।
नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै दुबै देश फाइनलमा पुगेका हुन्।
दुवै खेलमा एक एक गोलको नतिजा आएपछि फाइनल पुग्ने टिमको छिनोफानो पेनाल्टीबाट गरिएको थियो। नेपाल र भारत समूह चरणमा पनि भिडेका थिए। जसमा नेपाल विजयी भएको थियो।
सुरुका दुई संस्करणको उपाधि जिते यता थप ३ संस्करणमा फाइनल पुग्न पनि असफल नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ। बंगालदेशपनि यसअघिका संस्करणमा भारतसँग फाइनलमा पराजित हुँदै उप विजेतामा सिमित हुन पुग्दै आएको टिम हो।
बंगलादेश पनि नयाँ इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रिने छ। दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनल खेल उपाधि जित्नकै लागि मैदान उत्रने प्रतिक्रिया दिएका छन्। उनीहरुले समूह चरणमा गरेका गल्तीलाई सुधार गर्दै फाइनल खेल्ने बताएका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया