शनिबार, १३ सेप्टेम्बर २०२५

दलमर्दन कामीको नेतृत्वमा आमूल परिवर्तन नागरिक पार्टी घोषणा

ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा यहि भदाै १० गते आयोजित एकता घाेषणा कार्यक्रम गरी दुई पार्टीबीच एकता घाेषणा गरिएकाे हाे। घाेषित पार्टीकाे नाम आमूल परिवर्तन नागरिक पार्टी रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सबै जिल्लामा कभर्डहल बनाउन प्रधानमन्त्री इच्छुक, दशरथ रंगशालाबारे चिन्तित

बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई सिक्नको लागि कभर्डहल हुनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य बढ्दा घट्यो चाँदी

बिहीबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनका लागि स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट सोको विवरण माग भएको भन्दै मन्त्रालयले यस्तो परिपत्र गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ।  दिउँसो एक बजेका लागि बोलाइएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ।  बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी छलफल हुने बताइएको छ।  यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले  सचिवालय बैठकको एजेन्डा तय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बंगलादेशको इस्लामिस्ट जमात–ए–इस्लामी पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

जमात–ए–इस्लामी बंगलादेशको मुख्य इस्लामिक पार्टी हो, जसलाई धार्मिक कट्टरवादको रूपमा चिनिन्छ।  यस पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने क्रममा सरकारले आतंकवादी गतिविधिमा जमात–ए–इस्लामीको संलग्नताको कुनै प्रमाण नभेटिएको बताएको छ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जमात–ए–इस्लामी पार्टीलाई यहूदी विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएकी थिइन्। जमात–ए–इस्लामी पार्टीलाई बंगलादेशमा विद्यार्थी नेतृत्वको विरोधमा हिंसा भड्काएको आरोप लगाइएको थियो, जुन पछि पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध विद्रोहमा परिणत भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर बढ्दा यूरो र बेलायती पाउण्ड घटेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘ला लिगा’मा एथ्लेटिक बिलबाओ विजयी

सोसिडाड २९ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। मिकेल ओयारजाबल उगार्टे रातो कार्ड पाउँदै मैदान छाड्न पुगेका थिए। १० खेलाडीमा समेटिएको सोसिडाडले ३२ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता भने लिएको थियो। सोसिडाडका बेरिस मेन्डिजले सर्जियो गोमेजको पासमा गोल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विवादित नियमावली अनुसार न्यायाधीश नियुक्त गर्न लागिएको भन्दै ‘बार’को आपत्ति

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली २०७४ संशोधन अनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया सरकारले अघि बढाएको भन्दै आपत्ति जनाएको छ। नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनको विरोध भइरहेको अवस्थामा यही अनुसार न्यायाधीश नियुक्त नगर्न ध्यानाकर्षण पनि गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसम: चार प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

आगामी २४ घण्टामा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ललितपुरमा खाजा पसल सञ्चालन गर्दै आएकी दलित महिलामाथि जातीय विभेद

माइतीघर मण्डलामा ‘दलित आन्दाेलन’ भइरहँदा काठमाडाैँमा नै जातीय विभेदकाे घटना घटेकाे छ। मंगलबार साँझ ललितपुरकाे इमाडाेल सितलहाइटमा रहेकाे खाजा पसल सञ्चालकमाथि जातीय विभेदजन्य घटना घटेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

सरोकारवालालाई गृहमन्त्रीकाे निर्देशन- यसपालिको दसैँलाई दुर्घटनारहित बनाउनुस्

गृहमन्त्री लेखकले यसपालिको दसैँलाई दुर्घटनारहित बनाउन पनि निर्देशन दिए। ‘सार्वजनिक यायातात सुव्यवस्थित बनाउनुहोस्। यो पालिको दसैँमा दुर्घटनारहित बनाऔँ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

अर्थ मन्त्रालयका अनुसार नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी कार्यक्रमका लागि ३८ दशमलव पाँच स्टर्लिङ पाउण्ड र सामर्थ कार्यक्रमका लागि ३८ दशमलव आठ स्टर्लिङ पाउण्ड बेलायत सरकारबाट वित्तीय अनुदान सहयोग उपलब्ध गराउने गरी सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जनताले प्राथमिक स्वास्थ्य सुविधासमेत प्राप्त गर्न सकेका छैनन्’

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा बाभाटन रेडियोथेरापी विथ सिमुल्याटर मेसिनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरु पहिचान गर्न जरुरी रहेको उल्लेख गर्दै सरकार यसमा काम गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उमेर हदविरुद्ध एआईजी ज्ञवालीसहित पाँच प्रहरीले दिए सर्वोच्चमा रिट

एआईजी ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जाँदैछन्। अन्य अधिकारीहरू पनि उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको चिठी पठाइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामान्य अंकले बढ्याे नेप्से, कारोबार भने घट्याे

आज ३२६ कम्पनीको तीन करोड ५० लाख ७ जार ३९ कित्ता शेयर एक लाख ६८ हजार १७५ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो। बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए। त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औँ मिनेटमा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंखमुल हत्या प्रकरण: दुई दिनपछि एक जना पक्राउ

काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले एमकेलाई आज (बुधबार) डेराबाटै पक्राउ गरिएको जानकारी दिए। एमकेले सोमबार राति ४१ वर्षीय रुपक बान्तवालाई रड प्रहार गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको भन्दै रास्वपाको आपत्ति

मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा पेश गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं