
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लामा कभर्डहलको विस्तार गर्नुपर्ने बताएका छन्।
बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई सिक्नको लागि कभर्डहल हुनुपर्ने बताएका हुन्।
उनले भने, ‘हाम्रा खेलाडी छोरीहरुले राम्रो खेल प्रदर्शन गरेका छन्। उत्कृष्टता देखाएका छन्। नेपाललाई विश्वमा चिनाएका छन्, यो धेरै ठूलो कुरा हो। हामीले नयाँ चिन्हहरु स्थापना गर्दै अगाडि बढ्नुपर्छ। कुनै एउटा उचाई छोएपछि सन्तुष्ट भइहाल्नु हुँदैन। थप उचाई छुनको लागि हामीलाई अनुकुलता र सिक्नको लागि कहाँ सिक्ने उचित वातावरण चाहिन्छ। खेलाडी टिमले नै भनेका थिए कि लगातार सिक्नको लागि कभर्डहल आवश्यक छ। हरेक मौसममा पनि सिक्नका लागि कभर्डहल आवश्यक छ तर कभर्डहल छैन।’
साथै उनले काठमाडौँमा मात्र होइन सबै प्रदेशमा कभर्डहल हुन जरुरी रहेको बताए। उनले जिल्ला जिल्लामा कभर्डहल बने जुन ठाउँमा छ त्यहीँ ठाउँ बसेर सिक्ने सकिने बताए।
साथै उनले दशरथ रंगशालाको खेल मैदान सबैभन्दा बढी बिग्रेको बताए। उनले दशरथ रंगशाला जस्तो बिग्रेको मैदान कतै नदेखेको जिकिर गरे।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया