बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लामा कभर्डहलको विस्तार गर्नुपर्ने बताएका छन्।
बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई सिक्नको लागि कभर्डहल हुनुपर्ने बताएका हुन्।
उनले भने, ‘हाम्रा खेलाडी छोरीहरुले राम्रो खेल प्रदर्शन गरेका छन्। उत्कृष्टता देखाएका छन्। नेपाललाई विश्वमा चिनाएका छन्, यो धेरै ठूलो कुरा हो। हामीले नयाँ चिन्हहरु स्थापना गर्दै अगाडि बढ्नुपर्छ। कुनै एउटा उचाई छोएपछि सन्तुष्ट भइहाल्नु हुँदैन। थप उचाई छुनको लागि हामीलाई अनुकुलता र सिक्नको लागि कहाँ सिक्ने उचित वातावरण चाहिन्छ। खेलाडी टिमले नै भनेका थिए कि लगातार सिक्नको लागि कभर्डहल आवश्यक छ। हरेक मौसममा पनि सिक्नका लागि कभर्डहल आवश्यक छ तर कभर्डहल छैन।’
साथै उनले काठमाडौँमा मात्र होइन सबै प्रदेशमा कभर्डहल हुन जरुरी रहेको बताए। उनले जिल्ला जिल्लामा कभर्डहल बने जुन ठाउँमा छ त्यहीँ ठाउँ बसेर सिक्ने सकिने बताए।
साथै उनले दशरथ रंगशालाको खेल मैदान सबैभन्दा बढी बिग्रेको बताए। उनले दशरथ रंगशाला जस्तो बिग्रेको मैदान कतै नदेखेको जिकिर गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया