शनिबार, १३ सेप्टेम्बर २०२५

वर्तमान सरकारले जनताका सबैखाले निराशालाई चिर्छ: मन्त्री भण्डारी

उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरु सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार लागिपरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कति पुग्याे सुनचाँदीको मूल्य?

आइतबार १ लाख ५३ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोवार भैइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन: प्रधानमन्त्री ओली

‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन। अहिलेको सरकारले कसैलाई फसाऔँ भनेर आदेश दिँदैन। ढुक्कले काम गर्नुहोस्। निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन। ढुक्कले काम गर्नहोस्। अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौं। औचित्यको आधारमा सरुवा गरिने छ। सरकारले भात–रोटी खान्छ, घुस खाँदैन, पैसा खाँदैन तपाईंहरु स्पष्ट हुनुहोस्’, उनले भने,

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन- जनताकाे मुद्दा बाेक्नुपर्याे, आफ्नाे मुद्दा पनि आइहाल्छ

‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताकाे मुद्दा बाेक्नुपर्याे। जनताको मुद्दा बाेक्दा आफ्नाे मुद्दा पनि आइहाल्छ,’ उनले भने। सरकार बनेकाे सय दिनमा १० वटा काम गर्ने याेजनासहित काम गरिरहेकाे पनि गृहमन्त्री लेखकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले भने- अदालतको आदेशलाई महानगरको निर्णय भनि भ्रम नछर्नु हाेला

उनले सर्वोच्चको आदेश आएपछि काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर, टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी मात्र गराएकाे उल्लेख गराएका छन्। बालेनका अनुसार त्यो जग्गामा अब थप संरचना बनाउन नपाइने छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महानगरको निर्णयविरुद्ध एमाले: सर्वोच्चको फैसलामा पुनरावलोकनका लागि प्रधानमन्त्रीसँग आग्रह

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाटनकाे कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

विशेष गरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।भक्तजनहरू बिहानैदेखि मन्दिरमा पुगेर पूजा–आराधना गरिरहेका छन्। पाटनकाे मन्दिर परिसरमा भिडलाई व्यवस्थापन गर्न सुरक्षाकाे प्रबन्ध मिलाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आउन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडाैँमा ‘थाई फिल्म फेस्टिभल’

शाही थाई राजदूतावास नेपालले आयोजना गर्न लागेको ‘थाई फिल्म फेस्टिभल’को पत्रकार सम्मेलन सोमबार हुने भएको छ। पत्रकार सम्मेलन राजदूतावासको परिसरमा बाँसबारी रोड चक्रपथमा हुने बताइएकाे छ। यस अवसरमा उपस्थित हुनका लागि पत्रकारहरूलाई हार्दिक अनुरोध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सबै पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दका धरोहर भएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चट्याङ लागेर एक बालकको मृत्यु, एक घाइते

पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ। तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आज ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

राप्रपाले थाइल्यान्डमा संगठन विस्तार गर्याे , कसले के जिम्मेवारी पाए?

भुषण श्रेष्ठकाे संयाेजकत्वमा थाइल्यान्डमा राप्रपानिकट प्रवासी नेपाली एकता समाज गठन भएकाे हाे। नेपालमा प्रतिपक्षमा बसेर राप्रपाले देशहितमा चालेकाे कदमबाट प्रभावित भएर संगठित भएकाे युवाहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक

भूकम्प प्रभावितले चाँडै लाभ पाउनेगरी काम भइरहेको छ: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावितले चाँडोभन्दा चाँडो लाभ पाउनेगरी काम गर्न सरकार गम्भीर रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमायो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओमानका विदेशमन्त्री भोलि काठमाडौं आउँदै

दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र नेपाल र ओमानको सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं