आइतबार, १४ सेप्टेम्बर २०२५

तनहुँ बस दुर्घटना: शवको परीक्षण सुरु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ। आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ। कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल आउन लागेको दूतावासले जनाएको छ। प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई लिस्बनबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पोर्चुगल

रेडियाे युग फर्किँन्छ: अर्जुन गिरी (भिडियाे-अन्तर्वार्ता)

अर्जुन गिरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकाेराब)का अध्यक्ष हुन्। अकाेराब देशैभरि रहेका २०० भन्दा बढी सामुदायिक रेडियाे छाता संगठन हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माग बढेसँगै अण्डाको मूल्य बढाइयो

भदौ लागेपछि चितवनमा अण्डाको माग बढेको छ। साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

समयको ऐनामा ओली सरकारको एक महिना

ओली सरकारको पहिलो महिनामै नेपालमा अमेरिका, भारत र चीनका उच्च अधिकारीहरूको दोहोरीलत्ता सुरू भएको छ । उनीहरू ‘नेपाल भाँडो’मा एसपीपी र बीआरआईको खिचडी पकाउन लागिरहेजस्तो देखिन्छ। अमेरिकी एसपीपी खिचडी पहिला पाक्छ कि चिनियाँ बीआरआई खिचडी पाक्छ, त्यो भने  केही समयपछि समयको ऐनामा हेर्नसकिने छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज विरुडा पञ्चमी मनाइँदै

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

पाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बिहीबार र शुक्रबार लगातार बढेको अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमय दर शनिबार भने घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्ने

सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ। तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

युवाहरुले प्रधानमन्त्री निवास बालुवाटार घेर्दै

उनीहरुले ललिता निवास, भुटानी प्रकारण, गिरीबन्धु प्रकरणका दोषी बचाउन र देशलाई असफल बनाउने योजना असफल पार्न बंगलादेशको घटना नेपालमा घटाउने चेतावनीसमेत दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा

काठमाडौँमा जारी साफ यू- २० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ। शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मर्स्याङ्दी बस दुर्घटना: मृतककाे संख्या २७ पुग्याे, शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइने

शुक्रबार बिहान पाेखराबाट काठमाडाैँतर्फ आउँदै गरेकाे युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ऐनापहाराबाट मर्स्याङ्दी नदीमा खसेकाे थियाे। चालक र सहचालकसहित ४३ जना भारतीय नागरिक सवार बस दुर्घटनामा २७ जनाकाे मृत्यु भएकाे हाे भने १६ जना घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी सरकारका एक महिना: कार्ययोजना निर्माणदेखि भेटघाटको सहजतासम्म

लुम्बिनी प्रदेश सरकारले मातहतका मन्त्रालय र योजना कार्यान्वयन गर्ने निकायहरुलाई साउन महिनाभित्र कार्यविधि र कार्ययोजना निर्माण गर्न दिएको निर्देशनअनुसार सबै मन्त्रालय र निकायहरुले वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि र कार्ययोजना निर्माण सम्पन्न गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेसँग सहकारी छानबिन समितिले लियाे बयान

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएकाे छ। शुक्रबार बसेकाे समितिकाे बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग बयान लिइएकाे सभापति सूर्य थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतीहरु समाधान गर्न सकिँदैन अर्थमन्त्री

उनले भने, ‘वर्तमान सरकारले नीजि क्षेत्रको महत्व बुझेको छ, म दोहोर्याएर भन्न चाहन्छु नीजि क्षेत्रको महत्व अहिलेको सरकारले बुझेको छ, हामिले भन्ने गरेका छौं तीन खम्बे अर्थतन्त्र सरकारी क्षेत्र, सहकारी क्षेत्र र नीजि क्षेत्र, नीजि क्षेत्रको भूमिकालाई कमजोर बनाएर, नीजि क्षेत्रको भूमिकालाई न्युनिकरण गरेर, नीजि क्षेत्रमा संकुचनको अवस्था सिर्जना गरेर हामिले अर्थतन्त्रका आजका चुनौतीहरुको सामना गर्न सक्दैनौँ, देशको अर्थतन्त्रलाई दिगो बनाएर अगाडि लग्न सक्दैनौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीका मन्त्रीहरूलाई ‘आचार संहिता’, के-के गर्न पाउँदैनन्?

अत्यावश्यक नपरी एक जिल्लामा महिनामा एक पटकभन्दा बढी भ्रमण गर्न नहुने, सरकारी कामको सिलसिलामा भ्रमणमा जाँदा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, निजी प्रयोजनका लागि भ्रमणमा जाँदा मुख्यमन्त्रीलाई जानकारी गराई जान सकिने र त्यस्तो भ्रमणमा भएको कुनै पनि खर्च सरकारी कोषबाट भुक्तानी लिन नपाइने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थासाङमा हिमपहिरो: ध्यान बसेका लामाले जोगाए गाउँले (भिडियाे)

‘यसबारे हामी कसैलाई जानकारी थिएन। दिउँसोतिर खोला थुनिएको रहेछ। केही धमिलो र लेदोसहितको पानी पनि बग्न थाल्यो। हिमपहिरो गएको नजिकै एउटा गुफामा ध्यान गरेर बस्ने लामाले त्यो थाहा पाएछन् र वरिपरिकालाई खबर गरिदिए’, वडाध्यक्ष शेरचनले भने, ‘दिउँसोको समय थियो। हामी माथि पुगेर हेर्दा पहिराले खोला थुनिएको देख्यौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वगृहमन्त्री रवि लामिछानेछानबिन समितिकाे ‘कठघरा’ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा उपस्थित भएका छन्। शुक्रबार बस्ने समितिकाे बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने बयानका लागि उपस्थित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोर्खा मिडियाका सञ्चालक जोशीसँग छानविन समितिले लियो बयान

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको छ। शुक्रबार बसेकाे समितिकाे बैठकले जोशीलाई बोलाएर बयान लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं