बिएल संवाददाता
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले नीजि क्षेत्रको महत्व राम्रोसँग बुझेको बताएका छन्।
शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन खम्बे अर्थतन्त्रमा नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतीहरु समाधान गर्न नसक्ने बताएका हुन्।
उनले भने, ‘वर्तमान सरकारले नीजि क्षेत्रको महत्व बुझेको छ, म दोहोर्याएर भन्न चाहन्छु नीजि क्षेत्रको महत्व अहिलेको सरकारले बुझेको छ, हामिले भन्ने गरेका छौं तीन खम्बे अर्थतन्त्र सरकारी क्षेत्र, सहकारी क्षेत्र र नीजि क्षेत्र, नीजि क्षेत्रको भूमिकालाई कमजोर बनाएर, नीजि क्षेत्रको भूमिकालाई न्युनिकरण गरेर, नीजि क्षेत्रमा संकुचनको अवस्था सिर्जना गरेर हामिले अर्थतन्त्रका आजका चुनौतीहरुको सामना गर्न सक्दैनौँ, देशको अर्थतन्त्रलाई दिगो बनाएर अगाडि लग्न सक्दैनौं।’
साथै, उनले गरेको कामको भुक्तानी सरकारले नरोक्ने भन्दै नीजि क्षेत्रका व्यवसायी सबैले भुक्तानी पाउने बताएका छन्।
उनले भने, ‘नीजिका क्षेत्रका निर्माण व्यवसायीहरुले भन्नु हुन्छ भुक्तानी पाउनुपर्छ भनेर तर सरकारले गरेको कामको भुक्तानी दिन्छौँ, हामी भनेर भनिरहेको छ। जब हामी काममा लगाउँछौँ रितपूर्वक कानुन सम्वद्ध ढंगले काम गरेको भुक्तानी सबैले पाउनुपर्छ, सम्बन्धित मन्त्रालयमा जानुस्, सम्बन्धित निकायमा जानुस् तपाईंले सम्पन्न गरेको कामको भुक्तानी पाउनुहुन्छ भन्यो सरकारले र क्रमशः भुक्तानी भइरहेको पनि छ।’
यस्तै, उनले बाँकी रहेको भुक्तानीको लागि रितपूर्वक दाबी गर्न आग्रह गरे। उनले जुनसुकै परिस्थितिमा पनि सरकारले भुक्तानी नरोक्ने आश्वासन पनि व्यक्त गरे।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया