शुक्रबार, १२ सेप्टेम्बर २०२५

उपसभामुख प्रकरणमा रास्वपाले भन्याे- रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ

उनले संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि कांग्रेसको पहलमा यो कदम चालिएको बताए। झाले आफूहरु वेट एण्ड वाचको सिचुयसनमा रहेको बताउँदै यस विषयलाई कसरी प्रतिकार गर्ने भन्ने तयारी गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीशबारे छलफल हुने

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउने हुनाले नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्ने तयारी गरिएको हो। नयाँ प्रधानन्यायाधीश सिफारिस भएपछि संसदीय सुनुवाइपछि नियुक्ति हुने प्रावधान छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कागेश्वरीमा भक्तजनको घुइँचो (तस्बिरहरू)

कागेश्वरीमा पूजा गर्दा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष निवारणका लागि कागेश्वरीको दर्शन गर्ने परम्परा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुख रानाले राजीनामा दिनुपर्ने कांग्रेसकाे माग

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उपसभामुखले तत्काल राजीनामा दिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोबाइल व्यवसायी आन्दोलित, सामसुङको भिजिबिलिटी आजबाट देशभर बन्द

नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको विषय प्रदेश संरचनाबाट उठ्नु स्वभाविक भएको र उठेका मुद्दालाई समन्वय गर्नुपर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दुःखद भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वडाध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न प्रचण्डको आग्रह

वडाध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो। घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उनको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

सुनको मूल्य अहिलेसम्मकै उच्च

आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँसु!

काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नेबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भदौ २८ र २९ मा ‘नेपाल युथ समिट’ हुँदै, यी युवाको हुनेछ सहभागी

स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यसहित यही भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन) हुँदै छ। राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा समिट हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित

अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग २–१ को हार बेहोरेको छ।  यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको हो। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पार्न सफल भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस आज

‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तथा ‘विधायन सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकाको नेपाली डायस्पोरियामा घटेका दुई अप्रिय घटनाका डाइनामिक्स

अमेरिकाको नेपाली डायस्पोरामा घटेका पछिल्ला दुई अप्रिय घटना मात्र प्रतिनिधि घटना हुन्। यी घटनाको सामान्यीकरण गरेर नेपालीको चरित्र चित्रण गर्नु घातक र दुर्भाग्यपूर्ण हुन्छ। यी घटनाबाट पाठ सिकेर भविष्यमा दोहोरिन नदिन जे गर्न सकिन्छ, त्यो नै नेपाल र नेपालीका लागि गर्न सकिने योगदान हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

यस्तो छन् मन्त्रिपरिषद्का निर्णयहरु (पूर्णपाठ)

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रणवीर–दीपिकालाई भेट्न अस्पताल पुगे मुकेश अम्बानी

उनीहरूको खुसीमा उद्योगीहरु पनि सामेल भइरहेका छन्। अब यस अवसरमा मुकेश अम्बानी पनि उनलाई बधाई दिन अस्पताल पुगेका छन्। दीपिका पादुकोण अहिले आफ्नो छोरीसँग अस्पतालमा छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘खुस्मा’मा द्वन्द्वकालीन समयको प्रेमकथा देख्न पाइने

रिलिज ट्रेलरमा मुख्य कलाकार धिरज मगर र उपसना सिंह ठकुरीलगायतलाई देख्न सकिन्छ। सार्वजनिक ट्रेलरले फिल्मको कथा वस्तुबारे प्रकाश पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखलाई ‘महाभियोग’ लगाउन कांग्रेस-एमाले थाले हस्ताक्षर संकलन

उपसभामुखमाथि महाभियोग लगाउन नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन सुरू गरेकाे हाे। एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेकाे छ भने कांग्रेस सचेतक सुशीला थिङले हस्ताक्षर संकलन गरिरहेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेथितिको अनुसन्धान गर्ने सतर्कतामै गडबडी : सचिवदेखि उपसचिवसम्मबाट गाडी दुरुपयोग !

सचिव वैद्यकी श्रीमती एभरेस्ट बैंक लाजिम्पाट शाखामा काम गर्छिन् । 'बिहान घरबाट बैंक जाने बेलामा सचिवज्यू आफैं पनि गाडीमा बस्नुहुन्छ,' स्रोतले थप्यो, 'श्रीमतीलाई बैंक छाडेपछि उहाँ केन्द्रमा आउनुहुन्छ । साँझ ५ बजेतिर ड्राइभरलाई पठाएर घरसम्म पुर्‍याउन लगाउँदै आउनुभएको छ ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष बुझाए सुरक्षा परिषद्को प्रतिवेदन

संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति पौडलेसमक्ष आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं