शुक्रबार, १२ सेप्टेम्बर २०२५

राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुधार हुँदैन: अर्थमन्त्री

उनले भने, ‘आजभोलि चलनचल्तीको भाषा छ–अर्थतन्त्र अहिले दवाबमा छ। राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरु छन्। वास्तवमा म चाहिँ यो दबाब व्यक्तिगत रुपमा गहिरो रुपमले हेरिरहेको छु। कति भुक्तानीहरु गर्न बाँकी छन्। यदी राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौँ भने कसरी अगाडि बढ्न सकौँला भन्ने चिन्ता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैतडीमा आत्महत्याको डरलाग्दो ‘ग्राफ’

बढ्दो आत्महत्या न्यूनीकरणका लागि सरकारले प्रभावकारी कार्यक्रमहरु संचालन गर्न सकेको छैन।  आत्महत्या गर्ने व्यक्तिलाई समयमै परामर्श, सहयोग र प्रोत्साहन हुन सकेको छैन। यसर्थ आत्महत्याका घटना हरेक वर्ष बढ्दो रहेको छ। बैतडीमा हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि हुँदै गएको छ। पछिल्लो तीन बर्षमा बैतडीमा ९३ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८-७९ मा १२ महिला र २४ पुरुष गरेर ३६ जनाले आत्महत्या गरेका थिए। ती मध्ये ३० जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने ६ जनाले बिष सेवन गरेर आत्महत्या गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गोठलापानी

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ।  आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन्। केही सहसचिवहरुको सरुवा गर्ने सरकारको तयारी रहेको शूत्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेपछि उपत्यका नछोड्न सांसद्लाई कांग्रेसको ह्वीप

त्यसमा उनले नैतिकताका आधारमा राजीनामा दिएमा पद अनुकूलको आचरण नगरेको प्रस्ताव संसदेमा पेस गर्ने कांग्रेस–एमालेको तयारी छ। संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ। जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० मा अष्ट्रेलिया २८ रनले विजयी

अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२०आई खेलमा २८ रनको जित हासिल गरेको छ।  साउथम्प्टनमा भएको खेलमा अष्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो। जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो। टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। उसका लागि ट्राभिस हेडले ५९, म्याथ्यु सटले ४१ तथा जोस इंग्लिसले ३७ रनको पारि खेलेका थिए। यसैगरी क्यामरन ग्रीनले १३ तथा मार्कस स्टोइनिसले १० रनको योगदान दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चारवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ।  संघीय संसद् सचिवालयका अनुसार आज संसदीय सुनुवाइ समिति, शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ।  बिहान ११ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इन्जिनियर एसाेसियसनको निर्वाचनमा युवालाई मतदान गर्न अखिल क्रान्तिकारीका उपाध्यक्ष मैनालीकाे अनुराेध

प्राविधिक विशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा बुधबार उद्घाटन गर्दै मैनालीले यस्तो आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘हिंसा’ शब्दले फेरि तात्याे संसद, एमालेले सम्झियाे सुवास नेम्वाङ

दलहरू माओवादी द्वन्द्वलाई हिंसा भन्न पाउने वा नपाउने भन्नेमा विभाजित हुँदा सार्वभौम संसद गिजोलिएको छ। माओवादीले हिंसा भन्न नपाइने र सत्तारुढ दल एमालेले भन्न पाउनुपर्ने अडानले गर्दा संसद बैठक गिजोलिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनआरएनए अध्यक्षमा आधिकारिकताको माग गर्दै आरके शर्माले दिए सर्वोच्चमा रिट

‘प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पठाइ गैरआवासीय नेपाली संघको विवादको स्थायी समाधानका लागि ११औँ महाधिवेशनबाट विधिवत् रुपमा निर्वाचित हामी निवेदकहरूलाई काम गर्न दिनु दिलाउनु भनी प्रत्यर्थी परराष्ट्र मन्त्रालय र प्रत्यर्थी गैरआवासीय नेपाली संघको कार्यालयका नाममा परमादेशको आदेश जारी गरी पाउँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खोला छेउको जग्गा मान्छे कि खोलाको? (भिडियो रिपोर्ट)

सर्वोच्च अदालतले २०८० साल पुस ३ गते खोला किनारदेखि ४० मिटरसम्मको जमिन खोला किनारलाई छाड्न आदेश गरेपछि विवाद सृजना भएको हो। सर्वोच्चको आदेश गैरन्यायिक भएको भन्दै खोला किनारका स्थानीय राजनीतिक दल र सरकारसँग गुहार मागिरहेका छन्। यद्यपि सरकार अदालतको फैसलाविरुद्ध पुनरावेदनमा जाने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तनहुँमा बस दुर्घटना, ११ जना घाइते

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस बुधबार आबुखैरेनीमा दुर्घटना भएको हो। तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

मलाइका अरोरालाई पितृशोक, बलिउडमा रुवाबासी

बलिउड इन्डस्ट्रीमा एउटा हृदयविदारक घटना घटेकाे छ। मलाइका अरोराका पिता अनिल अरोराले मुम्बईको बान्द्रास्थित आफ्नो घरमा आत्महत्या गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संसोधन गर्न राय माग्दै स्वास्थ्यले पठायाे कानुन मन्त्रालयमा पत्र

चिकित्सकहरुले उपचारकै क्रममा बेलाबखत आफूहरुमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन्। यसलाई सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालले पार्टी छाडेर जाँदा पुष्पलाल प्रतिष्ठान निजी सम्पत्तिजस्तो गरेर लानुभयो: ओली

उनले निष्क्रिय रहेका प्रतिष्ठानलाई सक्रिय बनाउने धारणा राखे। माधव नेपाल पुष्पलाल प्रतिष्ठानको अध्यक्ष भएको र प्रतिष्ठान पार्टीलाई छोड्नुपर्नेमा पार्टी फुटाएर जाँदा कब्जा गरेको उल्लेख गरे। उनले भने, ‘पुष्पलाल फुट्नुभएको होइन पार्टी फुटेको हो। माधव नेपालले पार्टी छाडेर जाँदा निजी सम्पत्ति जस्तो गरेर लानुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद जीएमकाे प्रश्न- प्रचण्ड नेतृत्वकै द्वन्द्वमा हजारौँ मरे,उनैलाई नोवेल शान्ति पुरस्कार दिनुपर्ने?

प्रचण्ड नेतृत्वकाे द्वन्द्वमा हजारौँ मारिएका, घाइते भएका, बेपत्ता पारिएका र अझै शान्ति प्रक्रियाको काम नटुंगिएकाे भन्दै उनैलाई शान्तिको नायक मानेर नोवेल शान्ति पुरस्कार दिनुपर्ने? भन्दै प्रश्न गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादानमूलक कृषिमा लाग्न आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा खुकुरीले हानेर श्रीमतीको हत्या

जहरसिंहले राधिकालाई सामान्य विवादको कारण घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गरेकाे प्रहरीले जनाएकाे छ। खुकुरी प्रहारबाट घाइते भएकी राधिकालाई पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएकाे  चिकित्सकले मृत घोषणा गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माअ‍ोवादीकाे अवराेधपछि संसद बैठक स्थगित

बुधबार बसेकाे संसद बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका थिए। त्यसपछि माओवादी सांसदहरुले उठेर अवरोध गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

योगेश भट्टराईले बाेलेकाे ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहट्ने भएपछि माओवादीको आपत्ति

बुधबार बसेकाे प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्द असंसदीय नभएकोले संसदको रेकर्डबाट हटाउन नपर्ने बताएपछि माअ‍ोवादी आपत्ति जनाएकाे हाे। सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उक्त निर्णय गलत भएकाे भन्दै आपत्ति जनाए। त्यसपछि एमाले नेता रघुजी पन्तले बोलेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसलाई रास्वपा सांसदको प्रश्न- भुटानी शरणार्थी बनाउँदा नेपालको शिर किन झुकेन?

‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो। १९ महिनापछि बार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚ नेपाली कांग्रेसले शिर झुक्यो भनेछ। नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा? जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर?’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं