बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी–२०८१ कार्यक्रममा उनले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका हुन्।
उनले भने, ‘आजभोलि चलनचल्तीको भाषा छ–अर्थतन्त्र अहिले दवाबमा छ। राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरु छन्। वास्तवमा म चाहिँ यो दबाब व्यक्तिगत रुपमा गहिरो रुपमले हेरिरहेको छु। कति भुक्तानीहरु गर्न बाँकी छन्। यदी राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौँ भने कसरी अगाडि बढ्न सकौँला भन्ने चिन्ता छ।’
उनले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भएतापनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए।
उनले भने, ‘गत वर्षको तुलनामा केही प्रगति भएको भएतापनि त्यसलाई तुलना गरेर त्यसमा नै चित्त बुझाएर बस्ने अवस्था छैन।’
अर्थमन्त्री पौडेलले भन्सार विभागका कर्मचारीहरुलाई सेवाग्राहीहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलकासाथ काम गर्न निर्देशन समेत दिए।
‘भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलकासाथ काम गर्नुहोस्। सबै सेवाग्राहीहरुमा मैत्रीपूणै व्यवहार गुर्नुहोस्। र भन्सारका सदस्यरुले दुरुपयोग गर्न सम्भव छैन् भन्ने बुझ्नुहोस्’,उनले भने।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया