बिएल संवाददाता
अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२०आई खेलमा २८ रनको जित हासिल गरेको छ।
साउथम्प्टनमा भएको खेलमा अष्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो। जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो।
टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो।
उसका लागि ट्राभिस हेडले ५९, म्याथ्यु सटले ४१ तथा जोस इंग्लिसले ३७ रनको पारि खेलेका थिए। यसैगरी क्यामरन ग्रीनले १३ तथा मार्कस स्टोइनिसले १० रनको योगदान दिए।
इंग्ल्याण्डका लियाम लिभिङस्टोनले ३ विकेट लिँदा जोफ्रा आर्चर र सकिव महमुदले दुई-दुई विकेट लिए।
१८० रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्याण्डका खेलाडीहरु रन बनाउन निकै संघर्षरत देखिए।
लियाम लिभिङस्टोनले बनाएको ३७ रन नै सर्वाधिक ठूलो बन्यो। यसैगरी कप्तान फिल साल्ट २०, साम करण १८, जोर्डन कोक्स १७, जेमि ओभर्टन १५ रनमा पभेलियन फर्किए। यसैगरी सकिव महमुदले १२ रन बनाए।
अष्ट्रेलियाका सिन एबटले ३ विकेट लिँदा एडम जाम्पा र जोस हेजलवुडले दुई दुई विकेट लिए।
जितसँगै अष्ट्रेलिया ३ खेलको टी–२०आई श्रृंखलामा १–० को अग्रता लिन सफल भएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया