बिएल संवाददाता
अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२०आई खेलमा २८ रनको जित हासिल गरेको छ।
साउथम्प्टनमा भएको खेलमा अष्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो। जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो।
टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो।
उसका लागि ट्राभिस हेडले ५९, म्याथ्यु सटले ४१ तथा जोस इंग्लिसले ३७ रनको पारि खेलेका थिए। यसैगरी क्यामरन ग्रीनले १३ तथा मार्कस स्टोइनिसले १० रनको योगदान दिए।
इंग्ल्याण्डका लियाम लिभिङस्टोनले ३ विकेट लिँदा जोफ्रा आर्चर र सकिव महमुदले दुई-दुई विकेट लिए।
१८० रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्याण्डका खेलाडीहरु रन बनाउन निकै संघर्षरत देखिए।
लियाम लिभिङस्टोनले बनाएको ३७ रन नै सर्वाधिक ठूलो बन्यो। यसैगरी कप्तान फिल साल्ट २०, साम करण १८, जोर्डन कोक्स १७, जेमि ओभर्टन १५ रनमा पभेलियन फर्किए। यसैगरी सकिव महमुदले १२ रन बनाए।
अष्ट्रेलियाका सिन एबटले ३ विकेट लिँदा एडम जाम्पा र जोस हेजलवुडले दुई दुई विकेट लिए।
जितसँगै अष्ट्रेलिया ३ खेलको टी–२०आई श्रृंखलामा १–० को अग्रता लिन सफल भएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया