
बिएल संवाददाता
अशोक थापा मगरद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘खुस्मा’को ट्रेलर रिलिज भएको छ।
मंगलबार धिरज मगरको जन्मदिन पारेर काठमाडौँमा आयोजित कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो।
रिलिज ट्रेलरमा मुख्य कलाकार धिरज मगर र उपसना सिंह ठकुरीलगायतलाई देख्न सकिन्छ। सार्वजनिक ट्रेलरले फिल्मको कथा वस्तुबारे प्रकाश पारेको छ।
लेखक एवं निर्देशक अशोक थापा मगरका अनुसार द्वन्द्वकालको समयको प्रेमकथामा यो फिल्म बनेको हो। यद्यपि द्वन्द्वको कथा भने नभएको उनले बताएका छन।
आयोजित कार्यक्रममा निर्माण टिमले केक काटेर धिरजको जन्मदिन सेलिब्रेसनसमेत गरेको थियो।
ट्रेलर रिलिज गर्दै निर्देशक अशोक थापा मगरले फिल्ममा मिहेनत बढी भएकाले दर्शकहरुले मन पराउने बताए। उनले कलाकार सबैले गरेको मिहेनतलाई दर्शकहरुले बेवास्ता नगर्ने बताए।
यस्तै मुख्य कलाकार धिरज मगरले जन्म दिनको दिन ट्रेलर रिलिज गरेर गिफ्ट नै गरेको बताए। उनले यो फिल्मले गर्दा नै आफ्नो गाउँघरको अवस्था देख्न र बुझ्न पाएको बताए।
साथै उपसनाले कडा मिहेनत गर्ने टिमसँग पहिलो पटक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन्।
चलचित्र ‘खुस्मा’ यही असोज ३ गते रिलिज हुँदैछ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया