बिएल संवाददाता
अशोक थापा मगरद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘खुस्मा’को ट्रेलर रिलिज भएको छ।
मंगलबार धिरज मगरको जन्मदिन पारेर काठमाडौँमा आयोजित कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो।
रिलिज ट्रेलरमा मुख्य कलाकार धिरज मगर र उपसना सिंह ठकुरीलगायतलाई देख्न सकिन्छ। सार्वजनिक ट्रेलरले फिल्मको कथा वस्तुबारे प्रकाश पारेको छ।
लेखक एवं निर्देशक अशोक थापा मगरका अनुसार द्वन्द्वकालको समयको प्रेमकथामा यो फिल्म बनेको हो। यद्यपि द्वन्द्वको कथा भने नभएको उनले बताएका छन।
आयोजित कार्यक्रममा निर्माण टिमले केक काटेर धिरजको जन्मदिन सेलिब्रेसनसमेत गरेको थियो।
ट्रेलर रिलिज गर्दै निर्देशक अशोक थापा मगरले फिल्ममा मिहेनत बढी भएकाले दर्शकहरुले मन पराउने बताए। उनले कलाकार सबैले गरेको मिहेनतलाई दर्शकहरुले बेवास्ता नगर्ने बताए।
यस्तै मुख्य कलाकार धिरज मगरले जन्म दिनको दिन ट्रेलर रिलिज गरेर गिफ्ट नै गरेको बताए। उनले यो फिल्मले गर्दा नै आफ्नो गाउँघरको अवस्था देख्न र बुझ्न पाएको बताए।
साथै उपसनाले कडा मिहेनत गर्ने टिमसँग पहिलो पटक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन्।
चलचित्र ‘खुस्मा’ यही असोज ३ गते रिलिज हुँदैछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया