बिएल संवाददाता
स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यसहित यही भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन) हुँदै छ। राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा समिट हुँदैछ।
सम्मेलनमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्यातिप्राप्त व्यक्तिहरुले प्यानलिस्टका रुपमा भूमिका निर्वाह गर्ने कार्यक्रम संयोजक भुपेन्द्रजङ शाहीले जानकारी दिए। उनकाअनुसार समिटमा देशभरका करिब पाँचसय युवाको सहभागिता रहने छ।
पहिलो दिन अर्थात भदौ २८ गतेको उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रूपा विश्वकर्मा सहभगी हुने निश्चित भइसकेको छ।
युथ समिटमा प्रमुख वक्ताको रुपमा सांसदहरू विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नविना लामालगायत सहभागी हुने निश्चित भएको संयोजक शाहीले जानकारी दिए।
यसैगरि समिटमा चर्चित उद्योगी चौधरीसहित नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, चर्चित उद्यमी विदुषी राणा, चर्चित खेलाडी पलेशा गोवर्धन, बैंकर्स मनोज ज्ञावली, अभिनेता अनुप विक्रम शाही, अभिनेत्री निता ढुङ्गाना, उषा रजक, गायक रामजी खाण, गायिका टिका पुन, राधिका हमाललगायत विभिन्न क्षेत्रका विज्ञहरु, युवा उद्यमीहरु, चलचित्रकर्मी लेखक, साहित्यकार , सामाजिक अभियन्ताहरु, जनप्रतिनिधिहरु वक्ताको रुपमा रहने छन्।
नेपाली युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ र समुन्नत र समृद्ध नेपालको चाहनालाई पूरा गर्न युवाहरूको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय रहेको पनि कार्यक्रम संयोजक शाहीको भनाइ छ।
समिटमा आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको सातबुँदे घोषणापत्रसमेत जारी गरिने भएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया