लोकान्तर
राष्ट्रिय सतर्कता केन्द्रमा सरकारी गाडीको व्यापक दुरुपयोग भएको पाइएको छ । केन्द्रका सचिव सरजुकुमार वैद्यदेखि उपसचिवहरू समेतले सरकारी गाडी दुरुपयोग गर्दै आएको पाइएको हो ।
सचिवलाई चढ्न प्रदान गरिएको गाडी सचिवकी श्रीमतीलाई कार्यालय पुर्याउन र ल्याउन दुरुपयोग हुने गरेको छ । 'सचिवज्यूको गाडी बिहान साढे ८ बजे कुपन्डोल हाइटस्थित निवासबाट लाजिम्पाटस्थित एभेरस्ट बैंकसम्म जान्छ,' केन्द्र स्रोतले लोकान्तरसँग भन्यो, 'त्यसपछि बेलुका ५ बजे पुनः उहाँकी श्रीमतीलाई बैंकबाट घर पुर्याउन पनि प्रयोग हुने गरेको छ ।'
सचिव वैद्यकी श्रीमती एभरेस्ट बैंक लाजिम्पाट शाखामा काम गर्छिन् । 'बिहान घरबाट बैंक जाने बेलामा सचिवज्यू आफैं पनि गाडीमा बस्नुहुन्छ,' स्रोतले थप्यो, 'श्रीमतीलाई बैंक छाडेपछि उहाँ केन्द्रमा आउनुहुन्छ । साँझ ५ बजेतिर ड्राइभरलाई पठाएर घरसम्म पुर्याउन लगाउँदै आउनुभएको छ ।'
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया