बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ।
बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
उनले भने, ‘लगभग १८/१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नुभएको रहेछ। उहाँले अन्तरवार्ताका लागि अमेरिकी दूतावासमा पत्राचार गर्नुभएको रहेछ। त्यो सही विषय त थिएन। आज आएर गलत भएको पनि होइन, उहाँहरुले अहिले दाउपेचमा पार्नुभएको छ। गठबन्धन बनेपछि यो विषय सान्दर्भिक भएको हो। यसमा नराम्रो भयो भने कानुनी प्रक्रिया छ नि। छानबिन हुनुपर्छ। रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ।’
उनले संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि कांग्रेसको पहलमा यो कदम चालिएको बताए। झाले आफूहरु वेट एण्ड वाचको सिचुयसनमा रहेको बताउँदै यस विषयलाई कसरी प्रतिकार गर्ने भन्ने तयारी गरिरहेको बताए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया