बिएल संवाददाता
अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग २–१ को हार बेहोरेको छ।
यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको हो। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पार्न सफल भयो।
कोलम्बियाले अर्जेन्टिनासँग कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला समेत लिएको छ।
खेलको शुरुवातमै, कोलम्बियाले येरसन मोस्क्वेराको गोलको माध्यमबाट अग्रता लिन सफल भयो।
तर, अर्जेन्टिनाले लामो समयसम्म पछि नपर्दै निकालेस गोन्जालजले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। जेम्स रोड्रिग्वेजको पेनाल्टीले कोलम्बियालाई जीत दिलायो।
खेलको ६० औं मिनेटमा कोलम्बियालाई पेनाल्टीको अवसर प्राप्त भयो। अर्जेन्टिनी डिफेन्डर निकोलस ओटमन्डीले कोलम्बियन खेलाडी ड्यानिएल मुनोजलाई लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टीको अवसर दिइयो।
जेम्स रोड्रिग्वेजले यस पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए, जुन अन्ततः निर्णायक साबित भयो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया